झापा : झापामा हात्ती आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।
झापाको शिबसताक्षी नगरपालिका ११ को उत्तरी क्षेत्रको जङ्गलमा दाउरा खोज्ने क्रममा बुधबार साँझ साढे ५ बजेतिर हात्तीको आक्रमणबाट ६० वर्षीया पवित्रा भेटवालको मृत्यु भएको हो ।
घटनामा उनका श्रीमान ६२ वर्षीय दिलीप भेटवाल घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार उक्त ठाउँमा दुईवटा हात्ती आएका थिए ।














Discussion about this post