इटहरी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरीमा यात्रुबाहक बसले ठक्कर दिँदा इटहरीकी एक महिलाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख ३३७२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प ७२४६ नम्बरको मोटरसाइकललाई आज (बिहीबार) बिहान ८ बजेतिर कानेपोखरी गाउँपालिका ७ मा ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार इटहरी उपमहानगरपालिका ८ की ४४ वर्षीया मञ्जु कटुवालको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी मञ्जुको उपचारका क्रममा विराटनगरको न्यूरो अस्पतालमा बिहान ९ः३० बजेतिर मृत्यु भएको हो ।
मोटरसाइकल चालक २१ वर्षीय अमित कटुवाल घाइते भएका छन् । मृतक र घाइते आमा–छोरा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न बस र चालक मोरङको पथरीशनिश्चरे नगरपालिका २ का ३७ वर्षीय टेकबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।














Discussion about this post