इलाम : इलामको रोङ गाउँपालिका ३ कोल्बुङ स्थितमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
शुक्रबार राति साढे ९ बजे कोल्बुङबाट मार्सेतर्फ जाँदै गरेको मे १ त २४०८ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भइ सडकबाट करिब ३० मिटर तल झरेर दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेका इलाम नगरपालिका ४ का १७ वर्षीय रञ्जित लिम्बूको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा संलग्न ट्याक्टर चालक २६ वर्षीय मनोज राईलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएर घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post