Friday, May 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

खाँदबारी-किमाथाङ्का सडकको साढे छ किलोमिटर ट्रयाक खुल्यो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २२, २०८०
in विविध, समाचार
0
खाँदबारी-किमाथाङ्का सडकको साढे छ किलोमिटर ट्रयाक खुल्यो
104
SHARES
Share on FacebookShare on Twitter

किमाथाङ्का (सङ्खुवासभा) : राष्ट्रिय गौरवको किमाथाङ्का-खाँदबारी सडकको साढे छ किलोमिटर मार्ग (ट्रयाक) खोलिएको छ ।

भौगोलिक हिसाबले विकट मानिएको किमाथाङ्का-खाँदबारी सडकको ट्रयाक नेपाली सेनाले खोल्ने काम सम्पन्न गरेको छ । उत्तरी क्षेत्रमा रहेको नाका किमाथाङ्का निकै विकट र दुर्गम मानिन्छ ।

भोटखोला गाउँपालिकाको च्याम्ताङ-घोङगोप्पाको करिब साढे १० किलोमिटर ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक भएको भन्दै २०७६ भदौ २२ गते मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मा दिएको थियो ।

खाँदबारी-किमाथाङ्का एक सय ६२ किलोमिटरमध्ये करिब साढे १० किलोमिटर ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएको थियो । हालसम्म नेपाली सेनाले साढे छ किलोमिटरसम्म मात्र ट्रयाक खोल्ने काम सकेको हो ।

अरू साढे तीन किलोमिटर सडकको स्तरोन्नतिसमेत गरिसकेको छ । त्यसैगरी यस वर्ष साढे तीन किलोमिटर सडक स्तरोन्नति गरिने आयोजनाले जनाएको छ । भौगोलिक हिसाबले किमाथाङ्का-खाँदबारी सडकको ट्रयाक खोल्नै सकस देखिएको हो ।

खाँदबारी-किमाथाङ्का एक सय ६२ किलोमिटरमा २०६५-६६ सालमा ट्रयाक खोल्न सुरु गरिएको थियो । यस वर्ष साढे दुई किलोमिटर ट्रयाक खोलिने खाँदबारी-किमाथाङ्का सडक आयोजनाले जनाएको छ । ६२ करोड ९० लाखमध्ये हालसम्म ४२ करोड खर्च भइसकेको जनाइएको छ ।

भौगोलिक विकटता भए पनि नेपाली सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री लगेर किमाथाङ्का-खाँदबारी सडकको ट्रयाक खोल्ने काम गरिरहेको छ । हिउँदमा हिमपात र बर्खायाम वर्षाका कारण सडक निर्माण तीव्रगतिमा हुनसकेको छैन ।

उत्तर-दक्षिण (कोशी) सडक योजना कार्यालय सङ्खुवासभाले विभिन्न प्याकेजमा काम सुरु गरेको थियो । तीन खण्डमध्ये हटिया क्षेत्रमा हेलिकप्टरबाट ट्रयाक्टर, एक्स्काभेटर, इन्धन ढुवानी गरेर काम अघि बढाइएको थियो । सडक निर्माणका लागि दैनिक एक सय ५० जनशक्ति परिचालन गरिएको छ ।

सो सडकले कोशी प्रदेशका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । किमाथाङ्का-जोगवनी सडकखण्ड छिमेकी देश चीन-भारत जोड्ने सबैभन्दा छोटो सडक हो ।

च्याम्ताङसम्म ट्रयाक खुले पनि खाँदबारीबाट वरुण दोभानसम्मको सडकखण्डमा हिउँदको समयमा मात्रै गाडी चल्ने गरेको छ ।

यसरी सडक विस्तारसँगै त्यस क्षेत्रमा चहलपहल बढे पनि किमाथाङ्कानाका भने अझै सञ्चालनमा आउन सकेको छैन । सडकसँगै सीमामा भन्सार कार्यालयसमेत स्थापना हुनुपर्ने स्थानीयको माग छ ।

Tags: #रासस#सडकसङ्खुवासभा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते
समाचार

खोटाङमा करेन्ट लागेर एक पुरुषको मृत्यु 

by टाकुरा न्यूज । इटहरी
बैशाख २४, २०८३
0

खोटाङ : खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राई...

इलाम : पुर्जा वितरणको काम अन्तिम चरणमा
विविध

इलाम : पुर्जा वितरणको काम अन्तिम चरणमा

by रासस
बैशाख २४, २०८३
0

इलाम : सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि रोङ गाउँपालिकाले पुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ...

धरान : उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

धरान : उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

बैशाख २४, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

सेउती खोलामा डुबेर दुई बालकको मृत्यु

बैशाख २४, २०८३
विराटनगरमा दुई स्रष्टा सम्मानित

विराटनगरमा दुई स्रष्टा सम्मानित

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बेहुलीजस्तै धपक्क गुफापाताल 

बैशाख २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

खोटाङमा करेन्ट लागेर एक पुरुषको मृत्यु 

बैशाख २४, २०८३
इलाम : पुर्जा वितरणको काम अन्तिम चरणमा

इलाम : पुर्जा वितरणको काम अन्तिम चरणमा

बैशाख २४, २०८३
धरान : उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

धरान : उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

बैशाख २४, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

सेउती खोलामा डुबेर दुई बालकको मृत्यु

बैशाख २४, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    621 shares
    Share 248 Tweet 155
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1553 shares
    Share 621 Tweet 388
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    389 shares
    Share 156 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.