इटहरी : सुनसरीमा दुई समूहबीच झडप हुँदा प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको छ ।
जिल्लाको हरिनगरा गाउँपालिकामा भएको एक युवामाथिको सामूहिक आक्रमणको घटनाले उग्ररुप लिदाँ दुई जना युवा घाइतेसमेत भएका छन् ।
अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको छ ।
आन्दोलनरत पक्षले सुरक्षामा खटिएका प्रहरीमाथि आक्रमण गरेपछि झडप भएको थियो । हरिनगरा १ र २ रामनगर भुटाहामा दुई पक्षबीच झडप भएको हो ।
मुस्लिम समुदायको ज्यादती भन्दै स्थानीय हिन्दु समुदायका स्थानीयले न्यायको माग गर्दै प्रदर्शनसमेत गरेका थिए ।
प्रशासनले त्यस क्षेत्रमा निषेधाज्ञासमेत गरेको छ ।














Discussion about this post