इटहरी : कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका तीनैजना मन्त्रीहरू राजीनामा बुझाएका छन् ।
आज (सोमबार) सरकारबाट बाहिरिने निर्णय गरेसँगै माओवादी केन्द्रका मन्त्रीहरूले मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।
कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती, राजेन्द्र कार्की र नारायण बुर्जामगरले राजीनामा बुझाएका हुन् ।
उनीहरूमध्ये उप्रेती पर्यटन तथा वनमन्त्री, कार्की सामाजिक विकासमन्त्री र बुर्जामगर खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्री रहेका थिए ।
यससँगै संविधानको १६८ (५) बमोजिम मुख्यमन्त्री बनेका केदार कार्की नेतृत्वको सरकार संकटमा परेको छ ।
यो पनि – कोशी सरकारबाट बाहिरियो माओबादी, समर्थन पनि आजै फिर्ता लिने














Discussion about this post