खोटाङ : सुन सफा गर्ने बहानामा ठगी गरेको पाइएपछि खोटाङमा भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका १२ की ३७ वर्षीया हिरा श्रेष्ठ र ५३ वर्षीया लालकुमारी श्रेष्ठको सफा गरिदिने भन्दै सुनको तौल घटाएको आरोपमा भारत विहार राज्य जिल्ला सिपौल प्रखण्ड त्रिवेणीगञ्ज ग्राम पञ्चायत ११ बस्ने १९ वर्षीय राजेशकुमार यादव, ३४ वर्षीय प्रशान्तकुमार शाह र भारत विहार राज्य जिल्ला सहरसा पुरिक पुरुषोत्तमपुर पञ्चायत ५ बस्ने ३० वर्षीय बब्लु साहलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई जालपाबाट आइतबार पक्राउ गरी पाच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।













Discussion about this post