Tuesday, November 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

चिया निर्यातमा भारतीय अवरोध हट्यो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १२, २०८१
in समाचार
0
ग्रीन टि पिउनु खतरनाक हुन्छ ?
68
SHARES
Share on FacebookShare on Twitter

झापा : भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ ।

यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए ।

चिया बोकेका ती सबै ट्रक पश्चिम बङ्गालको पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर मङ्गलबार बेलुका सकुशल छुटेको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताए

“रोकिएका सबै ट्रक आज छाडिए”, उनले भने, “अब भारतीय भन्सारबाट चिया निर्यातमा कुनै अवरोध रहेन ।”

पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयका अधिकारीहरूले केन्द्रबाटै आएको निर्देशनअनुसार रोकिएको जनाउँदै अहिले केन्द्रबाटै खुलाउन अर्को निर्देशन आएको बताएका छन् ।

पूर्वीनाका काँकडभिट्टाबाट जाँचपासपछि चिया बोकेर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेका १७ वटा नेपाली ट्रक रोक्दा भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू भएको जनाएको थियो ।

गाडी नै पिच्छे गुणस्तर जाँच गर्ने व्यवस्था अव्यवहारिक भन्दै नेपाली पक्षले पुरानै प्रावधानअनुरुप चियाको निर्यात गर्न दिन माग गर्दै आएको थियो ।

नेपाली पक्षले चिया निर्यातमा भारतीय अवरोध भएको विषयमा आपत्ति जनाउँदै भारतीय पक्षलाई पुरानै नियमअनुसार व्यापार सहजीकरण गर्न दबाब सिर्जना गरेको गरेको थियो । अन्ततः भारतीय पक्ष पहिलेकै गुणस्तर जाँचको नियमानुसार चियाको निर्यात खुलाउन सहमत भयो ।

चियाको एउटा नमुनाको गुणस्तर जाँचपास गराएको रिपोर्टले १५ दिनसम्म निर्यात गर्दा मान्यता पाउने पुरानो प्रचलन थियो ।

भारतीय भन्सारले पुरानै जाँच नियमानुसार नेपाली ट्रकहरुलाई आज छाडिदिएको हो । सिटीसी र अर्थोडक्स चिया भारत निर्यात हुँदै आएको छ । नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ ।

Tags: #झापा#राससचिया
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी
FEATURE BREAKING

बहुजातीय तथा बहुभाषिक पहिचान संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की

by टाकुरा न्यूज । इटहरी
कार्तिक १७, २०८३
0

इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थारु समुदायको भाषा, लिपि र संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्...

ओखलढुंगा बजार र पृष्ठभूमिमा हिमश्रृंखला
विविध

ओखलढुंगा बजार र पृष्ठभूमिमा हिमश्रृंखला

by टाकुरा न्यूज । इटहरी
कार्तिक १७, २०८३
0

मौसम खुलेसँगै देखिएको ओखलढुंगाको ऐतिहासिक सदरमुकाम ओखलढुंगा बजार र पृष्ठभूमिमा हिमश्रृंखला । तस्बिर : नवराज कार्की/रासस

सोलुखुम्बुमा दुई हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

सोलुखुम्बुमा दुई हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

कार्तिक १७, २०८३
निषेधाज्ञा र कर्फ्युबीच विराटनगरमा पेट्रोलियम संकट, कालोबजारीले उपभोक्ता मारमा

विराटनगरमा अब क्लब र बारमा कडाइ, प्रशासनले तोक्यो नियम

कार्तिक १६, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित कोशी प्रदेशका तीन जिल्लाबाट चार जना पक्राउ

कार्तिक १६, २०८३
प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन प्रस्तुत

तीन प्रधानमन्त्री र छ मुख्यमन्त्री फेरिँदा पनि पाँच वर्ष टिके खापुङ

कार्तिक १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी

बहुजातीय तथा बहुभाषिक पहिचान संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की

कार्तिक १७, २०८३
ओखलढुंगा बजार र पृष्ठभूमिमा हिमश्रृंखला

ओखलढुंगा बजार र पृष्ठभूमिमा हिमश्रृंखला

कार्तिक १७, २०८३
सोलुखुम्बुमा दुई हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

सोलुखुम्बुमा दुई हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

कार्तिक १७, २०८३
निषेधाज्ञा र कर्फ्युबीच विराटनगरमा पेट्रोलियम संकट, कालोबजारीले उपभोक्ता मारमा

विराटनगरमा अब क्लब र बारमा कडाइ, प्रशासनले तोक्यो नियम

कार्तिक १६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    644 shares
    Share 258 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    376 shares
    Share 150 Tweet 94
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.