झापा : झापाको शिवसताक्षी नगरपालिका ८ मा भएको सवारी दुर्घटनामा मृत्यु भएका तीनैजनाको पहिचान खुलेको छ ।
बुधबार (आज) बिहान साढे ५ बजेको समयमा दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–००१ च ९३२९ नम्बरको बोलेरो एकापसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार रहेका तीनैजनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा कमल गाउँपालिका ४ का २५ वर्षीय मौषम राई, २० वर्षीय युनिश भण्डारी र १७ वर्षीय सरोज रेग्मी रहेका छन् ।
घटनामा संग्लग्न बोलेरो चालक मेचीनगर ६ झापाका ऋषिराज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि – झापामा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनैजनाको मृत्यु













Discussion about this post