दमक : झापाको दमकमा परीक्षा दिएर फर्किँदै गरेकी एक छात्रामाथि गोली प्रहार भएको छ ।
उदयपुर घर भई दमकमा कोठाभाडामा बस्दै आएकी एनिका गजमेर (निशा) माथि शुक्रबार (आज) दिउँसो करिब साढे ११ बजेतिर गोली प्रहार भएको हो ।
दमकस्थित हिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेकी अधिकारीमाथि दमक ५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली प्रहार भएको प्रहरीले पुष्टि गरेको छ ।
पेटमा एक राउन्ड गोली लागेर घाइते भएकी उनको अहिले लाइफलाइन अस्पताल दमका उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post