झापा : झापाको अर्जुनधारामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका २ चौरासे निवासी अन्दाजी ५४ वर्षीय मोहनप्रसाद दुलाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार आज (मंगलबार) दिउँसो ४ः५० बजेतिर घर नजिकै मकैबारीमा मल लगाउँदै गरेको अवस्थामा चट्याङ पर्दा दुलालको छाती तथा पेटको भागमा लागेको थियो ।
घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा ६ः२० मिनेटमा मृत्यु भएको डीएसपी चन्दले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post