इटहरी : सर्वोच्च अदालतले कोशी प्रदेश सरकारविरुद्धको रिटमा ५ बुँदे आदेश जारी गरेको छ।
न्यायाधीश हरिप्रसाद फुयालको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै जेठ ९ गते पूर्ण इजलासमा सुनुवाइको मिति तोकेको छ ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई हटाउने निर्णय असंवैधानिक भएको भन्दै बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए।
उक्त रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी भएन। अन्तरिम आदेश जारी नभएपछि हालका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कामकाजमा अवरोध नहुने भएको छ।














Discussion about this post