इटहरी : कोशी प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते आह्वान भएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।
बिहीबार मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।
सरकारको सिफारिस अनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेका हुन् । मुख्यमन्त्री कार्कीले सोही दिन प्रदेशसभाबाट विश्वासको मत लिने तयारीसमेत रहेको बताइएको छ ।















Discussion about this post