मोरङ : मोरङको बूढीगंगा ३ स्थितबाट मूर्ति चोरी गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार राति सवा ८ बजे इलाका प्रहरी कार्यालय नेमुवाबाट गस्तीमा खटिएको प्रहरीको टोलीले गोकुवा चोकस्थित दुर्गा मन्दिरबाट स्थानीय २२ वर्षीय आशिष राजवंशीले मार्बलले बनेको गणेश र हनुमानको मूर्ति चोरी गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
मूर्तिसहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post