इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीविरुद्ध सर्वोच्च अदालतमा परेको रिट दायरमा मिसिल मगाउन आदेश गरेको छ ।
सर्वोच्चले बुधबार निवर्तमान मुख्यमन्त्री केदार कार्कीको नियुक्ति र विश्वासको मत लिँदाको सक्कल फाइल मगाएको हो ।
इजालसले उत्प्रेषण आदेश दिँदै असोज २५ गते ४७ जना सांसदहरूको समर्थनपश्चात नियुक्तिसम्बन्धी फाइल र नियुक्तिपश्चात कात्तिक १ गते ८६ जना सांसदबाट प्राप्त विश्वासको मतसम्बन्धी फाइल सक्कल मगाएको हो ।
न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र बालकृष्ण ढकालको इजलासले मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदाको सम्पूर्ण फाइल र अन्य फाइलहरू मगाउन आदेश गरेको हो ।
२७ असोज २०८० मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की गत २६ चैतबाट अल्पमतमा परेका थिए । प्रदेशसभाले विश्वासको मत लिनुपर्ने भन्दै सङ्कल्प प्रस्ताव पास गरेको थियो ।
तर, कार्कीले विश्वासको मत नलिएपछि प्रदेश प्रमुख परशुराम खापुङले एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
हिक्मत मुख्यमन्त्री नियुक्त भएकै दिन निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।














Discussion about this post