Saturday, August 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

तरहराको सामुदायिक वनमा रूख मासेर पोखरी निर्माण, कार्यबाहक अध्यक्षसहित केही पदाधिकारी नियन्त्रणमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २७, २०८१
in टाकुरा विशेष, समाचार
0
तरहराको सामुदायिक वनमा रूख मासेर पोखरी निर्माण, कार्यबाहक अध्यक्षसहित केही पदाधिकारी नियन्त्रणमा

पोखरी निर्माणका लागि कटान गरिएको रूख ।

193
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी २० स्थित हाँसपोसा सामुदायिक वन क्षेत्रमा गम्भीर लापरबाही भएको पाइएको छ ।

हाँसपोसा सामुदायिक वन क्षेत्रमा पर्ने ५५ वटा रूख मासेर पोखरी निर्माण गरेको पाइएको हो । पोखरी निर्माणका लागि भनेर रूख कटान भएको पाइएपछि सव डिभिजन वन कार्यालयले कारबाहीको प्रक्रिया थालेको जनाएको छ ।

खासगरी चुरे उत्थानशीलबाट चराचुरुङ्गीका लागि पानी जम्मा गर्न पोखरी निर्माण गर्ने भनी पाँच लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो । सोही रकमबाट पोखरी निर्माण गर्ने भन्दै रूख कटान गरिएको पाइएपछि घटना बाहिरिएको हो ।

तरहरा सव डिभिजन वन कार्यालयका वन अधिकृत दिनेशप्रसाद यादवका अनुसार एउटै रूख नकाट्ने भनिएपनि रूख र बिरुवा गरी ५५ वटा कटान भएको छ ।

‘एउटै रूख नकाट्ने भनिएको थियो । वन ऐनविपरीत लापरबाही भएको पाइएको छ,’ उनले टाकुरा न्यूजसँग भने, ‘हामी मुद्वाको प्रक्रियामा छौँ । अब कारबाहीको प्रक्रिया अगाडि बढ्छ ।’

उनका अनुसार घटना जेठ २१ र २२ गतेको हो । हाँसपोसा सामुदायिक वनकी कार्यबाहक अध्यक्ष गोमा विश्वकर्मासहितका पदाधिकारीहरूले वन क्षेत्रमा पोखरी निर्माणको प्रक्रिया सुरु गर्दा लापरबाही र वन ऐनविपरीत रूख कटान गरेको यादवले जनाए ।

जुन दिन पोखरी निर्माण गर्ने भनेर रूख कटान गरियो । त्यही दिनबाट बिरुवा र रूख कटान गरिएको सव डिभिजन वन कार्यालय तरहराको भनाइ छ ।

पोखरी निर्माणका लागि कटान गरिएको रूख ।

यता, कार्यबाहक अध्यक्ष विश्वकर्माले भने चुरे उत्थानशीलबाट बजेट आउने भएपछि पोखरी निर्माणको प्रक्रिया अगाडि बढाएको तर अशावधानीवश त्रुटि भएको बताउँछिन् । उनका अनुसार जेसीबी लगाएर पोखरी निर्माण गर्ने क्रममा रूखहरूमा क्षति भएको थियो ।

‘हामीले पोखरी निर्माण गर्ने क्रममा त्रुटि भएको हो । जानाजान वनका रूख कटान गरिएको होइन ।’ उनले भनिन् ।

सुनसरी जिल्ला वन कार्यालयका वन अधिकृत धर्मानन्द यादवका अनुसार रूख कटानमा संलग्नहरूलाई कारबाही गरिने बताए । उनका अनुसार हाँसपोसा सामुदायिक वनकी कार्यबाहक अध्यक्ष गोमा विश्वकर्मासहित केही पदाधिकारीहरूलाई नियन्त्रणमा लिइएको छ ।

‘हामीले उहाँहरूलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ गरिरहेका छौँ,’ उनले टाकुरासँग भने, ‘यो घटनामा कोही पनि उम्कन पाउँदैन । हामीले सोहीअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ ।’

उनले वन ऐन २०७६ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

हाँसपोसा सामुदायिक वनका अध्यक्ष महेन्द्र गिरी विदेश भ्रमणमा रहेको समयमा उक्त घटना भएको उपभोक्ताहरू बताउँछन् । यसअघि गत फागुनमा सोही सामुदायिक वन क्षेत्रबाट काठ तस्करीको घटनासमेत बाहिरिएको थियो ।

पोखरी निर्माणका लागि कटान गरिएको रूख ।

अहिले पोखरी निर्माणका लागि भनेर जथाभावी रूख कटान गरिदाँ त्यस क्षेत्रका रूखहरू क्षतविक्षत अवस्थामा छन् । उपभोक्ताहरूले भने सामुदायिक वनका पदाधिकारीहरूले वन क्षेत्र संरक्षण गर्नुपर्ने भएपनि त्यहीँ भित्रबाट वन क्षेत्र ‘असुरक्षित रहेको’ आरोपसमेत लगाउँदै आएका छन् ।

‘सामुदायिक वनको चुनावमा तँछाडमछाड हुन्छ । तर, वन संरक्षण भन्दापनि विनाश मात्र भइरहेको छ,’ एक उपभोक्ताले भने, ‘वन क्षेत्रमा हुने विभिन्न चोरी, निकासी, तस्करी लगायतमा पनि सामुदायिक वन र सव डिभिजन वन कार्यालयले चासो दिएको पाइदैँन ।’

Tags: टाकुरा विशेषवनसामुदायिक वन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते
विविध

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

by रासस
भदौ १२, २०८३
0

खोटाङ : धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन्। दिक्तेल...

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने
विविध

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८३
0

इटहरी : पठनपाठनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

भोटेकोशी विपद् : कोशी प्रदेश सरकारद्धारा तीन करोड सहयोग

भदौ १२, २०८३
आज जनैपूर्णिमा

आज जनैपूर्णिमा मनाइँदै, जनै फेर्नेदेखि रक्षाबन्धन र क्वाँटी खानेसम्मको परम्परा

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३
इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

भदौ १२, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.