इटहरी : कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनविरुद्ध दायर गरेको रिटमा अर्को सुनुवाइ असार ९ गते हुने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुर अजिज मुसलमानको इलजासमा बिहीबारबाट सुनुवाइ सुरु भएको रिटमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।
सुनुवाइ नसकिएपछि असार ९ गते सोही इजलासमा सुनुवाइ हुनेगरी रिटलाई हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
कोशी प्रदेशमा संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीले सो उपधारा अनुसार अर्को सरकार बन्न नसक्ने र आफूले २ वर्षसम्म विश्वासको मत लिन नपर्ने भन्दै नयाँ सरकार गठन असंवैधानिक भएको भन्दै रिट दायर गरेका हुन् ।














Discussion about this post