झापा : झापाको बिर्तामोड नगरपालिका ७ का ३० वर्षीय सुरेश पराजुलीलाई कटुवा पेस्तोलसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिर्तामोड ७ का पराजुलीको घरमा अवैध हातहतियार लुकाई राखेको छ भन्ने विशेष सूचानाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले पराजुलीको घर कोठा तथा ग्वाली खानतलासी गर्दा ग्वालीमा लुकाईछिपाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद गरेको हो ।
कटुवा पेस्तोलसहित पक्राउ परेका पराजुलीको इलाका प्रहरी कार्यालय अनारमानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post