ताप्लेजुङ : ताप्लेजुङको फुङलिङ नगरपालिकाका सवइञ्जिनियर मो. अख्तर हुसैनलाई एक लाख घुस रकमसहित पक्राउ गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा इटहरीबाट टोली खटिएको र घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
इन्जिनियर हुसैनले फुङलिङ नगरपालिका २ तारेबुङ क्षेत्रमा निर्माणाधीन रङ्गशालाको कामबाट रकम मागेको निर्माण ब्यवसायी विरवहादुर तामाङले बताए।
आफूले ठेक्का मार्फत गरेको काम सम्पन्न भएपछि हुसैनले लगातार पैसा मागेपछि अख्तियारमा खबर गरेको उनले बताए ।
काम सम्पन्न गरेर पनि आफूलाई भुक्तानीका लागि निकै हैरानी दिएको तामाङले गुनासो गरे ।














Discussion about this post