Monday, October 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भोजपुर : साल्पासिलिछोद्वारा निःशुल्क प्राविधिक शिक्षा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २८, २०८१
in समाचार
0
भोजपुर : साल्पासिलिछोद्वारा निःशुल्क प्राविधिक शिक्षा
82
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाले विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्ने कार्यक्रम अघि सारेको छ । गाउँपालिकाले कृषि तथा प्राविधिक शिक्षामा जोड दिन प्रत्येक वर्ष छ जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिने भएको हो ।

यो कार्यक्रमअन्तर्गत एक वर्षमा छ जना विद्यार्थीलाई निःशुल्क कृषि तथा अन्य प्राविधिक शिक्षा प्रदान गरिने गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताउनुभयो ।  विद्यार्थीहरुलाई सानो उमेरमा कृषि तथा प्रविधिसम्बन्धी प्रयोगात्मक ज्ञान प्रदान गर्ने लक्ष्यले यो कार्यक्रम सञ्चालन गरेको अध्यक्ष राईले बताउनुभयो ।

कृषि तथा प्रविधि क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यले ‘अध्यक्ष प्राविधिक शिक्षा सहायता कार्यक्रम’ सञ्चालनको लागि बजेट विनियोजना गरेको उहाँको भनाइ छ ।

“हामीले विद्यार्थीलाई प्राविधिकसँगै व्यवहारिक ज्ञान दिन आवश्यक छ”, अध्यक्ष कुलुङले भन्नुभयो, “उनीहरुलाई प्राविधिक शिक्षा दिने लक्ष्यले विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिने व्यवस्था मिलाएका  छौँ । गाउँपालिकाले यहाँ नै प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यले यो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।”

खास गरेर यो कार्यक्रमअन्तर्गत कृषि र भेटेनेनरी क्षेत्रलाई जोड दिने अध्यक्ष कुलुङको  भनाइ छ । उत्पादनको राम्रो सम्भावना भएका क्षेत्रलाई समेटेर कृषकलाई प्रोत्साहनको कार्यक्रमसमेत सञ्चालन भइरहेको अध्यक्ष कुलुङले बताउनुभयो ।

दक्ष कृषि प्राविधिकको अभावमा किसानलाई कुनै समस्या नहोस् भन्नको लागि गाउँपालिकाले जनशक्ति व्यवस्थापनमा जोड दिएको उहाँको भनाछ । कृषकलाई सहज रुपमा कृषिसम्बन्धी सहायता प्रदान गर्न छवटै वडामा कृषि प्राविधिक राख्ने व्यवस्था मिलाएको अध्यक्ष कुलुङको भनाइ छ ।

गाउँपालिकाले किसानले उत्पादन गरेका वस्तुलाई खरिद गरेर बजारीकरण, भण्डारण तथा बिक्री वितरण गर्ने लक्ष्यले कृषि कोसेली घर निर्माण गर्न लागेको अध्यक्ष कुलुङले बताउनुभयो । किसानले उत्पादन गरेका कृषिउपजलाई गाउँपालिकाले खरिद गरेर बजारीकरणको जिम्मासमेत लिने अध्यक्ष कुलुङको भनाइ छ ।

गाउँपालिकासँगको सहकार्यमा प्रदेश सरकारको रु ३५ लाख लागतमा यहाँ कोसेली घर निर्माण हुने उहाँको भनाइ छ ।

“कृषकको कृषि उत्पादनको खरिदसँगै बजारीकरणको जिम्मा गाउँपालिकाले लिने लक्ष्यका साथ काम गरिरहेका छौँ”, अध्यक्ष कुलुङले भन्नुभयो, “कृषकले फलाएका उत्पादनलाई कोसेली घरमा भण्डारण गरेर प्याकेजिङ, लेवलिङ ब्रान्डिङलगायतका काम गरेर बजार पठाउँछौँ । यसले किसानको बजारीकरणको समस्या हल गर्नमा केही टेवा पुग्न भन्ने हाम्रो लक्ष्य हो ।”

कृषिमा थप सहजता थप्दै विद्यार्थीमा कृषिको ज्ञान प्रदान गर्ने लक्ष्यले यहाँका बाह्र वटा विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिश काफ्ले बताउनुभयो । यो कार्यक्रमअन्तर्गत विद्यार्थीलाई आधुनिक कृषि प्रणालीको विषयमा ज्ञान प्रदान गरिँदै आएको उहाँको भनाइ छ ।

“विद्यार्थीमा कृषिको ज्ञान प्रदान गर्नको लागि बाह्र वटा विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, प्रशासकीय अधिकृत काफ्ले भन्नुभयो, “यसले विद्यार्थीमा परम्परागत र आधुनिक कृषि प्रविधिको विषयमा जानकारी लिन सहज हुनेछ । मुख्य रुपमा हामीले कृषिको उत्पादन र बजारीकरणमा जोड दिएका छौँ ।”

Tags: #भोजपुर#राससशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन
विविध

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

by रासस
कार्तिक १, २०८३
0

ताप्लेजुङ : प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ...

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद
FEATURE BREAKING

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमाहा सामुदायिक वनमा लुकाएर राखिएको कटुवा पेस्तोल र एक राउन्ड गोली प्रहरीले बरामद गरेको...

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३
गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

अशोज ३१, २०८३
महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

अशोज ३१, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

अशोज ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३

सगरमाथाको शिखरमुनि हराएको जीवन

कार्तिक १, २०८३
सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

कार्तिक १, २०८३
विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

    196 shares
    Share 78 Tweet 49

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.