Wednesday, October 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

जनावरमैत्री जंगलका लागि निवर्तमान मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा वृक्षारोपण अभियान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २९, २०८१
in विविध, समाचार
0
जनावरमैत्री जंगलका लागि निवर्तमान मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा वृक्षारोपण अभियान
91
SHARES
Share on FacebookShare on Twitter

झापा : कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा शनिवारदेखि हात्ती प्रभावित क्षेत्रका जंगलमा वृक्षारोपण अभियानको सुरुवात भएको छ । कार्कीले प्रजापति र जामुनबारी सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरेर ‘जनावरमैत्री जंगल’ अभियानको सुरुवात गरेका हुन् ।

अभियान अन्तर्गत जंगल क्षेत्रमा जंगली जनवारका लागि आवश्यक फलफूल तथा रूख बिरुवा रोप्न सुरू गरिएको हो ।

उनको यो अभियानलाई सामाजिक कार्यमा सक्रिय रहेका लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी, लायन्स क्लव कन्काई, दुर्गापुर, वाल क्लब सञ्जाल, राजनीतिक दलका नेता तथा कार्यकर्ता, सामाजिक व्यक्तित्व, कन्काई नगर प्रमुख राजेन्द्र कुमार पोखरेललगायत यहाँका सामाजिक कार्यमा सक्रिय क्लब तथा युवाहरूले साथ दिएका छन् ।

उनले जसको जंगल, उसको मंगलको अवस्था निर्माणका लागि जनावरमैत्री जंगल बनाउज सबैलाई सहभागी बन्न अपिल समेत गरेका छन् ।

‘जंगलमा जनावरलाई खाने रूख, बिरुवा, फलफूल नभएका बस्ती पस्न बाध्य छन्,’ उनले भने, ‘जनावरमैत्री जंगल भएपछि जंगल क्षेत्रका वासिन्दा शान्तिपूर्ण जीवन गुजार्ने छन्, त्यसैले यो वृक्षारोपण कार्यक्रम सफल बनाउन सबैलाई आग्रह छ ।’

कार्कीले मुख्यमन्त्री रहँदा गत फाल्गुनमा ७ दिन झापाको बाहुनडाँगीदेखि उदयपुरको बेलसोत बजारसम्म २४३ किलोमिटर लामो ‘हात्ती प्रभावित क्षेत्रमा पदयात्रा’ गरेका थिए । विज्ञको टोलीसहित पैदल यात्रामा रहेका कार्कीले जंगलमा जनावरका लागि आहार र जनावरमैत्री जंगल नभएकाले जंगली जनावरले सर्वसाधारणलाई दुःख दिने गरेको निष्कर्ष निकालेका थिए ।

तर, कोशी प्रदेशको सरकार परिवर्तन भएपछि वर्तमान सरकारले त्यसतर्फ कुनै ध्यान नदिएको भन्दै कार्कीले सरकारलाई खबरदारीका साथ आफैँले वृक्षारोपण अभियान चलाएका हुन् ।

‘सरकारले जनताको बाँच्ने अधिकारलाई सुरक्षित गर्ने, जनताको जीविकोपार्जनमा पनि सुरक्षित गर्नुका साथै जंगली जनावरको अधिकारलाई पनि संरक्षण गर्ने हो तर अहिलेको सरकार त्यसप्रति विमुख भएको अवस्था छ,’ उनले भने, ‘यो सरकारले त्यो समयमा गरेका कामको फायल हेर्यो भने मात्रै जीव, जनावर र नागरिकका सन्दर्भमा नागरिककै चाहानाअनुसार काम कसरी गर्ने कुरा स्पष्ट देखिन्छ । त्यसलाई कार्यान्वयन गरियो भने पनि जंगल र जंगली जनावरले नागरिकलाई दिएको दुःखलाई धेरै हदसम्म समाधान गर्न सकिन्छ । सरकार अविछिन्न उत्तराधिकारी समेत हो तर यो सरकार कानमा तेल हालेर बसेको छ ।’

झापापछि मोरङ, सुनसरी र उदयपुरसम्मको जंगल क्षेत्रमा वृक्षारोपण अभियान सञ्चालन गरिने उनले बताए ।

Tags: #वृक्षारोपणअभियानकेदार कार्कीवातावरण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा
FEATURE BREAKING

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक ४, २०८३
0

इटहरी : नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा नेपालीहरूले...

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३
मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    471 shares
    Share 188 Tweet 118
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    158 shares
    Share 63 Tweet 40

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.