Saturday, August 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

मोरङमा एक वृद्धलाई आफ्नै छोराबुहारीले जंगलमा लगेर छोडेपछि…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १, २०८१
in टाकुरा विशेष, समाचार
0
मोरङमा एक वृद्धलाई आफ्नै छोराबुहारीले जंगलमा लगेर छोडेपछि…

तस्बिर सौजन्य : दिनेश गिरी ।

224
SHARES
Share on FacebookShare on Twitter

इटहरी : मोरङमा एक वृद्धलाई आफ्नै छोराबुहरीले जंगलमा लगेर छोडेको घटना बाहिरिएको छ । जिल्लाको बेलबारी नगरपालिका ७ का ७० वर्षीय वृद्ध जामुनलाल झाँगडलाई उनकै छोराबुहारीले बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रको बीच जंगलमा लगेर छोडेको घटना बाहिरिएको हो ।

चारदिन यता वृद्धलाई जंगलको बीचमा लगेर छाडिएको पाइएपछि मंगलबार (आज) उद्धार गरिएको छ ।

चिसाङ साझेदारी वनका अध्यक्ष दिनेश गिरीका अनुसार उद्धार गरिएका वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको छ । ‘जंगलको बीचमा लगेर छाडिएको रहेछ । त्यहाँ जोकोही मानिस पुग्नै सक्दैनन्,’ भने, ‘वनको गस्ती टोली हात्ती निरीक्षण गर्न जाँदा बीच जंगलमा देखेपछि सोधीखोजी हुँदा घटना बाहिरिएको हो ।’

गस्ती टोलीले सोधखोज गर्ने क्रममा चारदिन यता छोराबुहारीले आफूलाई जंगलमा छाडेको वृद्धले बताएका छन् ।

‘जंगलमै लगेर छाडिएको हो भन्ने पुष्टि हुने आधार पनि छ । गस्ती टोलीले बाइक जंगलमा गएको डाम पनि पत्ता देखेका कारण जंगलमै लगेर छाडेको देखिन्छ,’ उनले टाकुरा न्यूजसँग भने, ‘हामीले दुईतिर बोरामा घोचा हालेर प्राथमिकी स्ट्रेचर बनाएर गाडी आउने ठाउँसम्म बोकेर ल्यायौँ । त्यसपछि गाडीमा हालेर अस्पतालसम्म पु¥याएका छौँ ।’

सव डिभिजन वन कार्यालय, इलाका प्रहरी कार्यालय र बेलबारी नगरपालिकाका प्रतिनिधिसहितको रोहबरमा उद्धार गरिएको उनले जनाए । वृद्धको भनाइ उदृत गर्दै उनले भने, ‘छोराबुहारीले यहाँ ल्याएर छाडेपछि चारदिनदेखि यहीँ बसिरहेको छु ।’

अध्यक्ष गिरीका अनुसार वृद्धको शरीरमा चोट देखिएको छ । थरथर काँपिरहेको अवस्थामा भेटिएका उनी राम्ररी बोल्न सक्ने अवस्थामा पनि छैनन् ।

ती वृद्ध वडा नं. ७ डाँगी टोलमा बस्ने गरेको खुलेको वडाध्यक्ष सुनीता चौधरीले पुष्टि गरिन् । आफूले छोराबुहारीलाई वडामा ल्याउन भनेको उनले बताइन् । ‘छोराबुहारीलाई वडामा ल्याउन प्रहरीलाई भनेको छु,’ उनले भनिन् ।

उनका अनुसार बेलबारी ७ स्थित एक परिवारमा आफन्तकहाँ आउजाउ गरिरहने वृद्ध सुन्दरहरैँचास्थित कोरियाडाँगी भन्ने ठाउँमा बस्दै आएका थिए । जेठो छोराकहाँ बस्दै आएका उनका कान्छा छोरा भने भारतको पञ्जाबमा रोजगारको सिलसिलामा छन् ।

‘एक छोरा पञ्जाबमा बस्ने, एकजना सुन्दरहरैँचामा बस्ने र आउजाउ गर्ने हुँदोरहेछ । एक साताअघि छोराकोमा जान्छु भनेर बेलबारीबाट हिँड्नुभएको रहेछ,’ वडाध्यक्ष चौधरीले फोन सम्पर्कमा भनिन्, ‘बेलबारीमा भने छोराकै रिलेसनजस्तो रहेछ । केहीदिन अघि आएर फेरि छोराकोमा जान्छु भनेर हिँडेको पुष्टि भएको छ ।’

उनका अनुसार भारतमा रहेका कान्छा छोरा भने सम्पर्कमा आएका छन् । तर, जेठा छोरासँग भने सम्पर्क हुन सकेको छैन । उनले भनिन्, ‘बेलबारीबाट जेठा छोराकोमा गएको भनेर हिँडेको र हालसम् यो घटना बाहिरिएपछि जेठो छोरा हालसम्म सम्पर्कमा आएका छैनन् । हामीले सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ ।’

यता, इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार वृद्धका छोराबुहारीको खोजी कार्य भइरहेको छ ।

सेतै फुलेका दाह्री र कपाल । पातलो टि–सर्ट र हाफ–पाइन्ट लगाएका वृद्धको छेउमा पानीको बोतलहरू छन् । पानी कसैले ल्याएर दिएको र चार दिनयता त्यही पानी मात्रै पिएर बाँचिरहेको वृद्धको आँखाले बताउँछ ।

बाइकमा कसैले ल्याएर छाडेको कि हिँड्दै आएको ? भनेर स्थानीयले जिज्ञासा राख्दा ती वृद्धले ‘छोराबुहारीले बाइकमा ल्याएर छाडेको’ बताएका छन् ।

भिडियो

Tags: #मोरङटाकुरा विशेषसमाज
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते
विविध

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

by रासस
भदौ १२, २०८३
0

खोटाङ : धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन्। दिक्तेल...

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने
विविध

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८३
0

इटहरी : पठनपाठनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

भोटेकोशी विपद् : कोशी प्रदेश सरकारद्धारा तीन करोड सहयोग

भदौ १२, २०८३
आज जनैपूर्णिमा

आज जनैपूर्णिमा मनाइँदै, जनै फेर्नेदेखि रक्षाबन्धन र क्वाँटी खानेसम्मको परम्परा

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३
इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

भदौ १२, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.