Thursday, October 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

केदार कार्कीको नेतृत्वमा ‘जनावरमैत्री जंगलका लागि’ वृक्षारोपण अभियान निरन्तर

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ७, २०८१
in विविध, समाचार
0
केदार कार्कीको नेतृत्वमा ‘जनावरमैत्री जंगलका लागि’ वृक्षारोपण अभियान निरन्तर
93
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा जनावरमैत्री जंगलका लागि जामुनबारी सामुदायिक वनबाट सुरू गरेको वृक्षारोपण अभियान सोमबार मोरङको बेलबारी नगरपालिकास्थित अमना सिसौलीया सामुदायीक वनमा आइपुगेको छ ।

वीपी कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस वेलबारी नगर कार्यसमिति, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति समेतको सहकार्यमा उक्त सामुदायिक वनमा वृक्षारोपण गरिएको हो ।

कार्कीले असार २९ गतेदेखि ‘जसको जंगल, उसको मंगलका लागि जनावरमैत्री जंगल’ अभियान अन्तर्गत वृक्षारोपण सुरु गरेका थिए ।

अभियान अन्तरगत कोशी प्रदेशका जंगल क्षेत्रभित्र जंगल भित्रका जनावरका लागि आवश्यक फलफूल तथा रुख बिरुवा रोप्ने अभियान पूर्वमुख्यमन्त्री कार्कीले चलाउँदै छन् । हालसम्ममा मोरङ र झापाका विभिन्न सामुदायिक वन क्षेत्रभित्र पाँच हजार बढी विरुवा रोपिएको दाबी गरिएको छ ।

कार्कीले यो अभियानलाई आफू मुख्यमन्त्री हुँदै जनावरमैत्री जंगल निर्माणका लागि अभियान चलाएको तर अहिलेको सरकारले जंगल र जनावर र त्यस छेउका नागरिकहरूप्रति कुनै पनि नीति, कार्यक्रम तथा योजना नल्याएको भन्दै जनावरका लागि जंगल निर्माणमा सबै नागरिकले कम्तीमा एउटा बिरुवा रोपेर अभिया सफल आग्रहसमेत गरेका छन् ।

कार्कीले मुख्यमन्त्री रहँदा गत फाल्गुनमा ७ दिन झापाको बाहुनडाँगीदेखी उदयपुरको बेलसोत बजारसम्म २४३ किलोमिटर लामो ‘हात्ती प्रभावित क्षेत्रमा पदयात्रा’ गरेका थिए ।

विज्ञको टोलीसहित पैदल यात्रामा रहेका कार्कीले जंगलमा जनावरका लागि आहारा र जनावरमैत्री जंगल नभएकाले जंगली जनावरले नागरिकलाई दुःख दिने गरेको निष्कर्ष निकाल्दै आर्थिक वर्ष २०८१/८२ को नीति, कार्यक्रम र बजेटमार्फत समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।

तर, कोशी प्रदेशको सरकार परिवर्तन भएपछि वर्तमान सरकारले त्यसतर्फ कुनै ध्यान नदिएको भन्दै कार्कीले सरकारलाई खबरदारीका साथ आफैँले अभियान चलाएको बताएका छन् ।

उनले भने, ‘सरकारले जनताको बाँच्ने अधिकारका साथै जीविकोपार्जन पनि सुरक्षित गर्न र जंगली जनावरको अधिकारलाई पनि संरक्षण गर्ने हो । तर अहिलेको सरकार त्यसप्रति विमुख भएको अवस्था छ ।’

जंगलमा जनावरले खाने आहारा र जनावरको बास स्थानसमेत मासिएकाले हात्ती, बाँदरलगायतका जंगली जनावर वन क्षेत्रका गाउँबस्ती पसेर अन्नबाली, घर मास्नुका साथै मान्छेको समेत ज्यान लिने गरेको उनको भनाइ छ ।

त्यसैले जंगल क्षेत्रमा बसोबास गर्ने यश प्रदेशका ३६ प्रतिशत नागरिकको जनधनको सुरक्षाका लागि जनावरमैत्री जंगल हुनु अहिलेको अपरिहार्यता भएकाले वृक्षारोपण अभियान सञ्चालन गरेको पूर्वमुख्यमन्त्री कार्कीले बताए ।

‘बस्ती छेउमा रहेको जंगलका प्रत्येक रूखमा माहुरीको घार राखेर माहुरी पालन अभियानसमेत सञ्चालन गर्नु जंगली जनावरबाट सुरक्षित रहन र अर्थाेपार्जनका लागि अपरिहार्य छ,’ उनले भने, ‘माहुरी पालनले सर्वसाधारणले खेतबारी विषादी प्रयोग गर्न रोक्ने र त्यसले अग्र्यानिक खेतीको सुरूवात हुन्छ ।’

Tags: #वृक्षारोपणकेदार कार्कीवातावरण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु
FEATURE BREAKING

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

झापा : झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजमा आगलागी हुँदा क्यान्टिनमा काम गर्ने ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको...

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा
समाचार

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक ४, २०८३
0

इटहरी : नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा नेपालीहरूले...

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

कार्तिक ५, २०८३
आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३
मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    493 shares
    Share 197 Tweet 123
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71
  • सुनसरीमा गोली प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

    158 shares
    Share 63 Tweet 40

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.