मोरङ : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणको गाँजा बरामद छ ।
बिहीबार (आज) बिहान विराटनगर महानगरपालिका ११ बुद्द विहार मार्गमा बेवारिसे अवस्थामा रहेको बीआर ११ पीसी ५०१६ नम्बरको गाडीलाई शंका लागेर चेकजाँच गर्दा गाडीभित्र रहेको ५ वटा झोलामा एक सय ४५ किलोग्राम गाँजा बरामद गरेको हो ।
बरामद गाँजा र गाडीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post