इटहरी : कोशी प्रदेश सरकारबाट माओबादी केन्द्र बाहिरिने तयारी गरेको छ । केन्द्रको गठबन्धन समीकरण परिवर्तन भएसँगै कोशीमा पनि सरकारमा रहेको माओबादीले सरकारबाट बाहिरिनुपर्ने थियो ।
तर, हालसम्म पनि एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारमा बसिरहेको छ ।
प्रदेशमा सरकार नछाडेको भनेर माओवादीको आलोचना व्यहोर्दै आएको छ । यसैबीच माओबादी केन्द्र सरकारबाट बाहिरिने तयारी गरेको जनाएको छ ।
केन्द्रीय गठबन्धन अनुसार सरकार निर्माण गर्नुपर्ने दबाब मुख्यमन्त्री कार्कीलाई भए पनि उनले माओवादीका मन्त्रीलाई फिर्ता पठाएका छैनन् ।
कार्की नेतृत्वको सरकारमा माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की स्वास्थ्य र नारायणबहादुर मगर पर्यटन, वन तथा वातावरणमन्त्री छन् । बन्दना झागड राज्यमन्त्री छिन् ।
माओवादीका मन्त्रीहरू राजीनामा दिनलाई मुख्यमन्त्रीको समय पर्खिएर बसेको स्वास्थ्यमन्त्री राजेन्द्र कार्कीले जानकारी दिए । उनले सम्भवतः आजै माओवादीले मुख्यमन्त्रीलाई राजीनामा बुझाउने बताए ।














Discussion about this post