Thursday, May 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भोजपुर : भरपर्दो आम्दानीको स्रोत नै नाङ्लो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १२, २०८१
in विविध, समाचार
0
भोजपुर : भरपर्दो आम्दानीको स्रोत नै नाङ्लो
100
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । अहिले होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै नाङ्लो बनेको हो ।

हतुवागढी–६ लङ्खाका ७५, विथारा एक सय ६५, लुम्बुवा एक सय ३५ तथा हतुवागढी–५ सोया गाउँका करिब ४० परिवारले व्यावसायिक रुपमा नाङ्लो बुन्दै आएका छन् ।

हतुवागढी–६ का नाङ्लो व्यवसायी राजेन्द्र राई विशेष गरेर नाङ्लो भदौ, असोज र कात्तिक  महिनामा सबैभन्दा बढी उत्पादन हुने गरेको बताउछन्। दसैँ, तिहार, छठलगायत पर्वका अवसरमा नाङ्लोको बढी माग हुने गरेको उनको भनाइ छ ।

यहाँ उत्पादन भएको नाङ्लो बिक्रीका लागि जिल्ला बाहिर पठाउने गरिएको छ । महिनामा १८ हजारदेखि २० हजारसम्म नाङ्लो बजारमा पठाउने गरेको राईले बताए । एउटा नाङ्लो औसतमा रु एक सयदेखि रु एक सय ५० सम्ममा खरिद बिक्री हुने गरेको उनले बताए ।

“हाम्रो गाउँका अधिकांशले नाङ्लो बुन्दै आएका छन्”, व्यवसायी राईले भने, “हाम्रो आम्दानीको मुख्य स्रोत नाङ्लो हो । सबै जना मिलेर यहाँ उत्पादन भएको नाङ्लो सङ्कलन गरेर बाहिरका बजारमा पठाउँछौँ । सरदरमा एक महिनामा १९ हजारदेखि २१ हजारसम्म नाङ्लो बजारमा पठाउने गरेका छौँ ।”

मासिक रु २१ लाख बराबरको नाङ्लो बिक्री हुने गरेको छ । गाउँमा नाङ्लो बिक्रीबाट वार्षिक रुपमा रु दुई करोडदेखि रु दुई करोड ५० लाखको हाराहारीमा रकम भित्रिने गरेको बताए । यहाँका एउटा परिवारले मासिक रुपमा न्यूनतम एक सय ५० देखि अधिकतम तीन सय वटासम्म नाङ्लो उत्पादन गर्दै आएका छन् ।

चाडबाडका समयमा सबैभन्दा बढी नाङ्लोको माग हुन्छ । यहाँ बनाइएको नाङ्लो धरान विराटनगर इटहरीलगायत सहरमा बिक्री हुन्छ । चाडबाडका समयमा नाङ्लोको माग बढी हुन्छ । नाङ्लो व्यवसायी प्रकाश राई यसलाई थप व्यवसायिक बनाउन स्थानीय सरकारले ध्यान दिन आवश्यक रहेको बताउछन् ।

नाङ्लो बुनेर घर खर्च चलाउँदै आएकी पूजा राईले आफ्ना घरका सबैजनाले नाङ्लो बुन्ने गरेको बताइन् । एक महिनामा एक सय ५० नाङ्लो बुन्ने गरेको उनले बताइन् । नाङ्लो बिक्रीबाट वार्षिक रु दुई लाखदेखि रु तीन लाखसम्म आम्दानी हुने गरेको उनको भनाइ छ ।

“नाङ्लो घरबाटै रु एक सय १० मा बिक्री हुन्छ”, उनले भनिन् “हामी घरका सबै सदस्य मिलेर नाङ्लो बुन्छौँ, आम्दानीको स्रोत नै यही हो । खेतबारी थोरै छ । प्रायः सबैले व्यावसायिक रुपमा नाङ्लो बुन्दै आएका छौँ ।”

Tags: #भोजपुर#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराटनगरमा दुई स्रष्टा सम्मानित
कला साहित्य

विराटनगरमा दुई स्रष्टा सम्मानित

by टाकुरा न्यूज । इटहरी
बैशाख २३, २०८३
0

विराटनगर : पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने दुई स्रष्टालाई नगदसहित सम्मान गरेको छ ।...

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व
विविध

बेहुलीजस्तै धपक्क गुफापाताल 

by रासस
बैशाख २३, २०८३
0

इलाम : ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फूलहरूले सजिन्छ गुफापाताल । सात रोपनीमा बनिएको दृश्यावलोकन स्थल (भ्यूटावर) सहितको उद्यान र फूलबारीमा...

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

विद्युत् विस्तार भएपछि जीवनशैलीमा परिवर्तन

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बैशाख २३, २०८३
सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

बैशाख २२, २०८३
‘जेन-जी’ आन्दोलनपछिको नेपाली समाज

ट्रेड युनियनमाथि प्रश्न : विकृति सुधार्ने कि संरचना हटाउने ?

बैशाख २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगरमा दुई स्रष्टा सम्मानित

विराटनगरमा दुई स्रष्टा सम्मानित

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बेहुलीजस्तै धपक्क गुफापाताल 

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

विद्युत् विस्तार भएपछि जीवनशैलीमा परिवर्तन

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बैशाख २३, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    621 shares
    Share 248 Tweet 155
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1553 shares
    Share 621 Tweet 388
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    389 shares
    Share 156 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.