इटहरी : झापा, मोरङ र सुनसरीबाट लागूऔषधसहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार झापाको झापा गाँउपालिका १ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले रोकी राखेको को ३२ प ८९७४ नम्बरको मोटरसाइकलसहित दमक १२ का २६ वर्षीय मनिष थापा, २२ वर्षीय रिकाश बस्नेत र १९ वर्षीय रोमित कट्वाललाई २ ग्राम ६०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।
त्यसैगरी विराटनगर १७ बाट बा ९८ प ४६ नम्बरको मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका ३ का ३२ वर्षीय मनोज कटुवाल र मोटरसाइकलमा पछाडि सवार ३२ वर्षीय अम्बिर यक्सो लिम्बूलाई ३ ग्राम ५८ मिलिग्राम ब्राउनसगुरसहित इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका २ स्थितबाट बा ५६ प ६९३५ नम्बरको स्कुटर चालक भोजपुर हतुवागढी गाउँपालिका ९ घर भई हाल बराहक्षेत्रमा बस्दै आएका ३३ वर्षीय कृष्णकुमार राईलाई ५३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
उता, धरान उपमहानगरपालिका १५ की जोनु राईलाई ट्रामाडोल १२० क्याप्सुल र कोलिवान १४० ट्याब्लेट औषधीसहित इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटगनरले जनाएको छ ।













Discussion about this post