Saturday, June 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

इटहरीमा पत्रकार सापकोटाको ‘आमसञ्चार र समावेशी पत्रकारिता’ पुस्तकको विमर्श

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८१
in कला साहित्य, समाचार
0
इटहरीमा पत्रकार सापकोटाको ‘आमसञ्चार र समावेशी पत्रकारिता’ पुस्तकको विमर्श
103
SHARES
Share on FacebookShare on Twitter

इटहरी : पत्रकार तारामणि सापकोटाको अनुसन्धानमूलक पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’को विमर्श भएको छ ।

बुधबार इटहरीमा बागियान साहित्यिक पत्रिकाले पुस्तकको विमर्श कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा वक्ताहरूले टिप्पणी गरेका थिए ।

वक्ता तथा उपप्राध्यापक राजेश विद्रोहीले पुस्तकमा पत्रकारितामा समावेशीको दृष्टिबाट कस्तो देखिन्छ भन्ने थाहा पाउन सकिने बताए ।

‘तथ्यांक संकलन र व्याख्या विश्लेष्णमा मिहिनेत गरिएको छ । समता र समानतामा के फरक पर्छ भन्नेबारे यो पुस्तकले बहसको उठान गरेको छ,’ उनले भने, ‘पत्रकारले पुरस्कार पाउँदा पनि राज्यबाटै विभेद हुने गरेको कुरासँगै पत्रकारिताले समावेशी सिद्वान्तलाई आत्मसाथ गर्नुपर्ने कुरा पुस्तकमा छ ।’

खासगरी आम पत्रकारिता जगतले राज्यलाई संविधानको मर्मलाई आत्मसाथ गर्न दबाब दिनुपर्ने उनले बताए । ‘मातृभाषालाई संरक्षण गर्ने सरकारको दायित्व भएपनि खास काम भने भएको छैन,’ विद्रोहीले भने, ‘यसरी हरेक क्षेत्रमा उत्पीडित वर्ग पछाडि परेका छन् । तिनै उत्पीडित वर्गले समानतामूलक हिसाबमा हरेक क्षेत्रमा प्रतिनिधित्व हुनुपर्ने कुरा पुस्तकमा छ ।’

पुस्तकले पत्रकारिता क्षेत्रमा महिला, आदिवासी जनजाति, मुस्लिम, दलित तथा उत्पीडित वर्गको सहभागिता कहाँ, कति छ भन्नेबारे तथ्यांकगत रूपमा व्याख्या गरिएको पुस्तकका लेखक सापकोटाले बताए । समावेशीताको पक्षमा वकालत गर्नेहरूले पुस्तक पढ्नुपर्ने उनको भनाइ छ ।

‘राज्यसत्ताबाट बञ्चित भइरहेकाहरूलाई प्रतिनिधित्व गराएजस्तो गर्ने तर देखावटी मात्रै भएको छ,’ उनले भने, ‘पत्रकारिता जगतले समावेशीताको कुरा उठान गरेपनि पत्रकारिताभित्रै समावेशीता कार्यान्वयन भएको छैन ।’

उनले पत्रकारितासँगै राज्यका विभिन्न तहमा समावेशीता नभएको सुनाए ।

कार्यक्रमकी वक्ता, शोभा बजगाईंले भनिन्, ‘समावेशीताको सवालमा पटकपटक आफ्नै हृदय छाम्नुपर्छ ।’ अधिवक्तासमेत रहेकी उनले लैङ्गिक विभेदका कारण महिलाहरू पत्रकारिता पेशामा टिक्न नसकिरहेको उदाहरण प्रस्तुत गरिन् ।

पत्रकारिता क्षेत्रमा पारिश्रमिकको कुरासँगै सुरक्षाको दृष्टिकोणमा पनि महिला पत्रकार किन टिक्दैनन् ? भन्नेबारे बहस गर्न आवश्यक रहेको उनले सुनाइन् ।

कार्यक्रममा वक्ता तथा पत्रकार राजन केडीले समावेशीको कुरा सिद्वान्तभन्दा व्यवहार रहेको बताए ।

‘समावेशी सिद्वान्तलाई व्यवहारमा उतार्न पुस्तकले घचघच्याएको छ,’ केडीले भने, ‘पत्रकारले सीमान्तकृतहरूका आवाज लेख्नुपर्छ । यो पुस्तकले त्यही कुराको उठान गरेको छ । खासमा यो पुस्तक तत्कालै तात्ने र तत्कालै सेलाउने नभएकाले पनि यसको महत्व छ ।’

बागियान साहित्यिक पत्रिकाका सञ्चालकसमेत रहेका श्रीश्रीशा राईको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, प्रेस काउन्सिलका पूर्व अध्यक्ष भवानी बराललगायतले बोलेका थिए ।

नेपालको वर्तमान राजनीतिक परिवेशमा, आदिवासी जनजाति, महिला, मुस्लिम, दलित वर्गका मुद्दालाई उठान गर्न यो पुस्तक महत्वपूर्ण दस्तावेज बन्ने वक्ताहरूले बताएका थिए ।

उक्त पुस्तक नौ अध्यायमा व्याख्या गरिएको छ ।

Tags: #पत्रकारतारामणि सापकोटाविमर्श
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु
FEATURE BREAKING

सुनसरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २३, २०८३
0

इटहरी : सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार राति भएको सवारी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु...

दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म
FEATURE BREAKING

दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २२, २०८३
0

झापा : झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या प्रकरणमा प्रहरीले नयाँ तथ्य सार्वजनिक गरेको छ। घटनाको...

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

जेष्ठ २२, २०८३
श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

जेष्ठ २२, २०८३
इटहरीका साहित्यकारको दसैं योजना – बोझबाट मुक्तिदेखि जिम्मेवारीको भारीसम्म

लोकतन्त्रमा आलोचना र प्रतिपक्षी विचार अपरिहार्य हुन्छ : मनु मञ्जिल 

जेष्ठ २२, २०८३
रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

जेष्ठ २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

सुनसरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

जेष्ठ २२, २०८३
वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

जेष्ठ २२, २०८३
श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

जेष्ठ २२, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1502 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    611 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.