इटहरी : कोशी प्रदेशसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ ।
कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठक बस्न लागेको कोशी प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
यसअघि भदौ १८ मा बैठक बस्ने तय गरिएको थियो । विशेष कारण भन्दै शुक्रबारका लागि बैठक बोलाइएको हो ।
गत असार ८ गते १३ औँ बैठक बसेयता बैठक बस्न सकेको थिएन । कोशीमा हालसम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।














Discussion about this post