काठमाडौं : २०८० सालको मदन पुरस्कार पत्रकार मोहन मैनालीको पुस्तक मुकाम रणमैदानले पाएको छ ।
मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले मुकाम रणमैदान पुस्तकका लागि मोहन मैनालीलाई मदन पुरस्कार २०८० बाट सम्मान गर्ने निर्णय गरेको हो ।
पुरस्कारको राशि चार लाख रुपैयाँ रहेको छ । यसगैरी जगदम्बाश्री २०८० बाट प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई सम्मान गर्ने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।
यसअघि गुठीले मदन पुरस्कारका लागि पाँच कृतिहरू छनोट गरेको थियो । छनोट भएका पुस्तकहरूमा मैनालीको मुकाम रणमैदानसहित भक्त स्याङ्तानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन-तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, र रोशन थापा नीरवको सन्त्रासका साठी दिन रहेका थिए ।















Discussion about this post