मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका ३ मा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३९ वर्षीय डिल्लीबहादुर विष्ट रहेका छन् ।
मंगलबार आफ्नै घरको गोठमा मोटर खोलेर गोठ सफा गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका विष्टको उपचारको क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post