सङ्खुवासभा : सङ्खुवासभामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको चैनपुर नगरपालिका– २ चित्लाङमा सिद्धपोखरी बजारदेखि खाद्यान्न बोकेर चित्लाङतर्फ गइरहेको प्रदेश १–०२००३ त १७६३ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटना भएको हो ।
ट्र्याक्टर दुर्घटनामा परी चैनपुर–२ का १९ वर्षीय लीलाबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।
ट्र्याक्टरको डालीमा बसेका तामाङको दुर्घटनामा मृत्यु भएपछि प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।












Discussion about this post