Tuesday, April 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

नाबालिका दिदी–बहिनीको शव फेला प्रकरण : आमाले हत्या गरेको स्वीकार गरिन्, प्रहरीद्धारा सार्वजनिक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०८१
in टाकुरा विशेष, समाचार
0
नाबालिका दिदी–बहिनीको शव फेला प्रकरण : आमाले हत्या गरेको स्वीकार गरिन्, प्रहरीद्धारा सार्वजनिक

पक्राउ परेकी अस्मिता पौडेललाई सार्वजनिक गर्दै प्रहरी ।

236
SHARES
Share on FacebookShare on Twitter

मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत भेटिएका नाबालिकाको हत्यामा संलग्न आमालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

गत शनिबारसुन्दरहरैँचास्थित केरा बगानभित्र दिदी–बहिनीको शव फेला परेको थियो । धनकुटाको पाख्रीबास नगरपालिका–४ डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीका नाबालिका छोरीहरू १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की शनिबार दिउँसो ४ः३० बजेतिर मृत फेला परेका थिए ।

सो घटनामा मृतक नाबालिकाकी आमा २९ वर्षीया अस्मिता पौडेललाई प्रहरीले बुधबार पक्राउ गरी सार्वजनिक गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमबहादुर दाहालले घटनामा संलग्नता देखिएपछि पक्राउ गरी सार्वजनिक गरिएको जानकारी दिए ।

‘श्रीमानसँगको विवाद भएर घरबाट बाहिर निस्किएको देखिन्छ । हामीले आज जिल्ला अदालत मोरङबाट चार दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएका छौँ,’ एसएसपी दाहालले भने, ‘बच्चा मृत फेला परिवार पनि विक्षिप्त छन् । तर, अनुसन्धान भने अगाडि बढाएका छौँ ।’

उनका अनुसार पक्राउ परेकी अस्मिताले पनि विष सेवन गरेको खुलेको छ । ती महिलाको अहिले विराटनगरस्थित कोसी अस्पताल विराटनगरमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

‘घटना भएकै स्थान आसपास रहेको आशंकामा खोजी व्यापक बनाएका थियौँ, कोशी प्रदेशका सबै प्रहरी कार्यालयमा उनको फोटो पठाएर खोजी गरेका थियौँ, दाहाल भन्छन्, ‘घटनास्थलमै मोबाइल पनि छाडेर गएका कारण घटनामा संलग्नलाई पक्राउ गर्न केही दिन ढिलाइ भएको हो ।’

उनले पक्राउ परेकी अस्मितामाथि थप अनुसन्धान भइरहेको छ । घटना भइसकेपछि उनलाई केही म्यासेजहरूसमेत पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

‘केही एसएमएसहरू पनि पठाएको देखिएपछि अनुसन्धान नजिक पुगेका छौँ,’ उनले भने, ‘भर्खर त अनुसन्धान सुरु गर्दैछौँ । अब अनुसन्धानले के देखाउँछ भन्नेबारे खुल्न बाँकी छ ।’ विष खुवाएर हत्या गरिसकेपछि अस्मिताले अर्जुनलाई ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर मोबाइलमा म्यासेज पठाएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, एसपी नवराज कार्कीकाअनुसार मृतक दुवै नाबालिकाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि दुवै शवको अन्त्येष्टि गरिसकिएको छ ।

केरा बगानभित्र दिदीले बहिनीलाई अंगालो हालेको अवस्थामा शव फेला परेको थियो । नाबालिकाहरूको शव भेटिएको स्थानमा कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको थियो । त्यही ‘मेटासिट’ खुवाएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कार्कीले जानकारी दिए ।

उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरिएको कार्कीले बताए । ‘बिर्तामोडस्थित सडकमा अस्वस्थ अवस्थामा फेला पारिएको हो । शारीरिक अवस्था निक्कै कमजोर भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ,’ एसपी कार्कीले भने ।

प्रहरीमा ती महिलाले आफूले छोरीहरूलाई विष खुवाएपछि आफैँ पनि विष सेवन गरेको बयान दिएकी छन् । ‘मलाई पतिले धेरै तनाव दिन्थे ।

‘टर्चर’ सहन सकिन,’ उनले बयानमा भनेकी छन्, ‘त्यसपछि दुवै छोरीलाई लिएर हिँडे । मर्नलाई भनेर विष पनि लिएर गएकी थिएँ । छोरीहरूलाई मात्रै छाडेर एक्लै मर्न मन लागेन ।’

यो पनि – सुन्दरहरैँचामा नाबालिका दिदी–बहिनीको शव फेला प्रकरण : आमा पक्राउ

यो पनि – सुन्दरहरैँचामा नाबालिका दिदीबहिनीको शव अँगालो मारेको अवस्थामा भेटियो, घटना शंकास्पद

Tags: #मोरङ#हत्याअपराधटाकुरा विशेषशवशव फेलासुन्दरहरैँचा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति
FEATURE BREAKING

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

by टाकुरा न्यूज । इटहरी
बैशाख १५, २०८३
0

इटहरी : प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णयप्रति असहमति जनाएका छन्। उनले विद्यार्थी संगठनहरू लोकतान्त्रिक आन्दोलन र परिवर्तनहरूमा...

इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’
समाचार

इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

by टाकुरा न्यूज । इटहरी
बैशाख १५, २०८३
0

इटहरी : इटहरी–धरान सडकखण्ड अन्तर्गत इटहरी–२० स्थित तरहरा (होम्स) क्षेत्रमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएपछि स्थानीयवासीले ‘एकाहा पुराण’ आयोजना गरेका...

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा अनलाइन जुवा ‘वान एक्स बेट’ सञ्चालनमा संलग्न १० जना पक्राउ

बैशाख १५, २०८३
निजी विद्यालयले चैत्र महिनाको शुल्क लिन नपाउने

खोटाङका यी तीन स्थानीय तहले आइतबार पठनपाठन सञ्चालन गर्ने

बैशाख १५, २०८३

‘हेल्लो सरकार’मा उजुरी परेपछि झापाबाट म्याद गुज्रिएका ३० कार्टुन पेय पदार्थ बरामद

बैशाख १५, २०८३
एसिएन हाइवे : पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्त

इटहरीको ‘डाइभर्सन’मा स्कुटर ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु 

बैशाख १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

बैशाख १५, २०८३
इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

बैशाख १५, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा अनलाइन जुवा ‘वान एक्स बेट’ सञ्चालनमा संलग्न १० जना पक्राउ

बैशाख १५, २०८३
निजी विद्यालयले चैत्र महिनाको शुल्क लिन नपाउने

खोटाङका यी तीन स्थानीय तहले आइतबार पठनपाठन सञ्चालन गर्ने

बैशाख १५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1466 shares
    Share 586 Tweet 367
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    645 shares
    Share 258 Tweet 161
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.