Sunday, August 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

अनियमितताको आरोप लागेपछि इटहरीका मेयर भन्छन् – ‘प्रमाणित भए एक मिनेट मेयरको कुर्सीमा बस्दिन’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८१
in टाकुरा विशेष, समाचार
0
अनियमितताको आरोप लागेपछि इटहरीका मेयर भन्छन् – ‘प्रमाणित भए एक मिनेट मेयरको कुर्सीमा बस्दिन’
127
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकामा विभिन्न शीर्षकमा आर्थिक अनियमितता भएको आरोप लागेपछि मेयर हेमकर्ण पौडेलले खण्डन गरेका छन् ।

आर्थिक अनियमितता भएको कुरा अहिलेसम्म सामाजिक सञ्जालदेखि संसदमासमेत कुरा उठेपनि छानबिनको मागसहित निवेदन भने नपरेको जनाउँदै मेयर पौडेलले खण्डन गरेका हुन् ।

उनले शनिबार एक भिडियो सन्देश जारी गर्दै निराधार र कपोकल्पित रूपमा आफूमाथि आरोप लगाइएको बताएका छन् ।

‘विद्युतीय बस खरिदमा अनियमितताको कुरा सामाजिक सञ्जालमा कुरा उठेको छ, तर कहीँ उजुरी परेको छैन,’ पौडेलले भने, ‘नीति बनाउने ठाउँमा बस्ने सांसदहरू नीतिगत भ्रष्टाचार भयो भनेर अरूलाई कमजोर लगाउन लागिपरेका छन् । त्यसका आधारमा दलका जिम्मेवार साथीहरू पनि कागले कान लग्यो भने कान छाम्नुपर्ने सट्टामा कागको पछि कुद्न लागेका छन् ।’

उनले छानबिन गर्न सबैतिरबाट खुल्ला रहेकोसमेत जनाए ।

‘संसदभित्र उठेको कुरा मैले छानबिन बनाउन सक्दिन । सरकारी संयन्त्रमार्फत संसदीय छानबिन समिति बनाउनुप¥यो,’ मेयर पौडेलले भने, ‘राजनीतक रूपमा कसैले रोटी सेक्न जरूरी छैन ।’

उनले राजनीतिक दलहरूले आग्रह, पूर्वाग्रहका आधारमा त्यतिकै आरोप लगाएको दाबी गरे ।

‘आर्थिक अनियमिततामा मेरो कार्यपालिका, यहाँको संयन्त्र कहीँ सहभागी भएको कसैले प्रमाणित गर्यो भने म एक मिनेट मेयरको कुर्सीमा बस्दिन, धेर बकबक नगर्नुहोस्,’ उनले थपे, ‘जिम्मेवार ठाउँमा बसेर जिम्मेवारी निभाउनुहोस् ।’

यहाँका पाँच राजनीतिक दलले केही दिनअघि एक विज्ञप्ति जारी गर्दै सार्वजनिक सुनुवाइसँगै केही विविध विषयको सार्वजनिक गर्नुपर्ने माग राखेका थिए । सो विज्ञप्तिबारे मेयर पौडेल आक्रोशित बने ।

उनले एमाले इटहरी नगर अध्यक्ष रुपेश बस्नेतलाई कर्मचारी नियुक्तिमा बार्गेनिङ गरेको भिडियो आफूसँग भएकोसमेत दाबी गरे ।

‘अहिलेको अध्यक्ष तत्कालीन पार्टीको सचिव हुनुहुन्थ्यो, यहाँभित्र उपमहानगरले खोलेका कर्मचारीको भ्याकेन्सीको बार्गेनिङ गर्न आउने मान्छे उहाँ हो नि,’ मेयर पौडलको दाबी छ, ‘प्रमाणित पुर्याउनुपर्छ भने म भिडियो फुटेजसहित प्रमाण उपलब्ध गराउँछु । कुन नैतिकताले कर्मचारी कहाँबाट नियुक्ति भए भन्ने ?’

नेकपा एमालेलाई संसदीय मर्यादा बमोजिम र राजनीतिक संस्कारका आधारमा संवादमा आउन आग्रह गरे । ‘एमाले इटहरीको नेतृत्वसँग कहाँ नैतिक बल छ ? एक महिनासम्म निरन्तर सभामा अनुपस्थित भएको कुरा आम इटहरीबासीले देखेका छन्,’ उनले भने, ‘जसरी हस्तक्षेप भयो, त्यसकारण कुनै पनि जनप्रतिनिधिले स्वतन्त्र ढंगले काम गर्न पाउँदैनन् ।’

बजेट कार्यान्वयन गर्न एमालेले असहयोग गरेको र बाहिर गलत प्रचारबाजी गर्ने गरेको उनको भनाइ छ । राजनीतिक कारणले गर्दा हालसम्म भुक्तानी नभएको उनले प्रष्ट्याए ।

एमालेप्रति आक्रोशित बनेका मेयर पौडेलले थपे, ‘हिजोका दिनमा बजेटबिहीन पालिका बनाउनुपर्छ भन्ने, आज कुन नैतिकताले उपभोक्ताले भुक्तानी पाएनन् भन्ने ?’

भिडियो

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाहेमकर्ण पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति
FEATURE BREAKING

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

by केशव खतिवडा
साउन १६, २०८३
0

‘अर्थको खोजीमा मानिस’ नामक विश्वप्रसिद्ध पुस्तकका लेखक भिक्टर ई फ्राङ्कल (Viktore E Frankl) हुन् । उनी अष्ट्रियाका प्रसिद्ध न्युरोलोजिस्ट, दार्शनिक,...

धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण
समाचार

धनकुटामा आठ सय केजी गाँजासहित दुई पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन १६, २०८३
0

धनकुटा : धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित जनता आवासका लागि निर्माण गरिएको घरबाट आठ सय चार केजी गाँजासहित दुई जना पक्राउ...

सुनसरी घटनाको छानबिन समितिमा फरेन्सिक र ब्यालिस्टिक विज्ञ थप

सुनसरीका १० स्थानीय तहमा आइतबार बिहानसम्म निषेधाज्ञा थप

साउन १६, २०८३
झापामा ठूलो परिमाणमा लागूऔषध बरामद

झापामा ठूलो परिमाणमा लागूऔषध बरामद

साउन १६, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा वृद्धको मृत्यु

साउन १६, २०८३
निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

साउन १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

साउन १६, २०८३
धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

धनकुटामा आठ सय केजी गाँजासहित दुई पक्राउ

साउन १६, २०८३
सुनसरी घटनाको छानबिन समितिमा फरेन्सिक र ब्यालिस्टिक विज्ञ थप

सुनसरीका १० स्थानीय तहमा आइतबार बिहानसम्म निषेधाज्ञा थप

साउन १६, २०८३
झापामा ठूलो परिमाणमा लागूऔषध बरामद

झापामा ठूलो परिमाणमा लागूऔषध बरामद

साउन १६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    631 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.