Sunday, June 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरी यातायातबाट पहिलोपटक अस्थायी सवारी लाइसेन्स वितरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २६, २०८१
in समाचार
0
इटहरी यातायातबाट पहिलोपटक अस्थायी सवारी लाइसेन्स वितरण
163
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशमा ट्रायल पास गरेलगत्तै सवारी लाइसेन्स पाइने भएको छ । प्रदेशबाट पहिलोपटक बुधबारबाट अस्थायी लाइसेन्स वितरण सुरु गरिएको छ ।

स्मार्ट लाइसेन्सको लागि तीन वर्षसम्म पर्खनुपर्ने अवस्थाको अन्त्य गर्दै कोशी प्रदेश सरकारले पहिलोपटक अस्थायी लाइसेन्स वितरण सुरु गरेको हो ।

इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा आयोजित कार्यक्रममा सेवाग्राहीलाई लाइसेन्स वितरण गर्दै मुख्यमन्त्री हिक्मत कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले औपचारिक उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशका नागरिकको हित र सुविधालाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउँदै ट्रायल पास भएलगत्तै लाइसेन्स पाइने बताए ।

उनले आवश्यक व्यवस्था मिलाउन केही दिन समय लाग्ने बताउँदै भने, ‘पासपोर्टजस्तै लाइसेन्स पनि आवश्यकताका आधारमा वर्गीकरण गरेर केही शुल्क बढाएर दिने व्यवस्था गर्दैछौं, तपाईहरूको सहयोग आवश्यक छ ।’

कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले यातायात व्यवस्था विभागले अस्थायी लाइसेन्स वितरणका लागि गरेको प्राविधिक सहयोगको प्रशंसा गर्दै चाँडै स्मार्ट लाइसेन्स छाप्ने गरीको तयारी भइरहेको जानकारी दिए ।

गत साउन ३२ गते सात वटै प्रदेशका यातायात व्यवस्था मन्त्रालयका मन्त्रीहरूको संयुक्त बैठकले सवारी चालक अनुमतिपत्रको स्थायी कार्ड प्रदेशबाटै छाप्ने र स्थायी कार्ड छाप्ने व्यवस्थापन गर्न लाग्ने समयसम्म क्युआर कोडसहितको अस्थायी सवारी चालक अनुमतिपत्रको कार्ड छाप्ने निर्णय गरेको थियो ।

सोही अनुसार सबैभन्दा पहिलोपटक कोशी प्रदेशले अस्थायी कार्ड वितरण गरेको दाबी गरिएको छ ।

कोशी प्रदेशमा सवारी चालक अनुमतिपत्र जारी गर्ने यातायात व्यवस्था सेवा कार्यालयहरू सात वटा छन् । अब ती सबै कार्यालयबाटै अस्थायी लाइसेन्स पाउने व्यवस्था सुरु गरिएको छ । जसको समयावधि एक वर्षको हुनेछ ।

एकवर्षभित्रै स्थायी स्मार्ट लाइसेन्सको छपाईसमेत प्रदेशबाटै गर्ने तयारी भइरहेको छ ।

नयाँ, थप र प्रतिलिपिसमेत गरी अहिले कोशी प्रदेशबाट मासिक १८ हजार सवारी चालक अनुमतिपत्रको लागि निवेदन आउने गरेकोमा यातायात व्यवस्था विभागले स्थायी (स्मार्ट) कार्ड छाप्न ढिलाइ गरेपछि सेवाग्राहीहरू पैसा तिरेको रसिद बोकेर हिँड्न बाध्य थिए ।

अब प्रदेशले नै एकै दिनमा लाइसेन्स दिन सुरु गर्नु सकारात्मक भएको कानुन मन्त्रालयका सचिव कमलबहादुर थापाले बताए ।

Tags: #यातायात व्यवस्था विभागकोसी प्रदेशलाइसेन्सहिक्मत कार्की
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

रास्वपा सुनसरी अधिवेशनमा विवाद, मतदान अधिकार कटौतीको आरोपपछि तनाव
FEATURE BREAKING

रास्वपा सुनसरी अधिवेशनमा विवाद, मतदान अधिकार कटौतीको आरोपपछि तनाव

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २३, २०८३
0

इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम सुनसरी जिल्ला अधिवेशनमा मतदान अधिकार कटौती गरिएको आरोपपछि विवाद उत्पन्न भएको छ। कोशी गाउँपालिका–१...

चुलीपोखरी ट्रास म्याराथनमा एक सय चार किलोभन्दा बढी फोहोर सङ्कलन
पर्यावरण

चुलीपोखरी ट्रास म्याराथनमा एक सय चार किलोभन्दा बढी फोहोर सङ्कलन

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २३, २०८३
0

इटहरी : विश्व वातावरण दिवस २०२६ को अवसरमा हरित सामाजिक कार्य नेपालले आयोजना गरेको “चुलीपोखरी ट्रास म्याराथन” सफलतापूर्वक सम्पन्न भएको छ।...

मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित

मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित

जेष्ठ २३, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

लागूऔषध कारोबारविरुद्ध प्रहरी सक्रिय, दुई जिल्लाबाट सात जना पक्राउ

जेष्ठ २३, २०८३
पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

जेष्ठ २३, २०८३
जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

जेष्ठ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

रास्वपा सुनसरी अधिवेशनमा विवाद, मतदान अधिकार कटौतीको आरोपपछि तनाव

रास्वपा सुनसरी अधिवेशनमा विवाद, मतदान अधिकार कटौतीको आरोपपछि तनाव

जेष्ठ २३, २०८३
चुलीपोखरी ट्रास म्याराथनमा एक सय चार किलोभन्दा बढी फोहोर सङ्कलन

चुलीपोखरी ट्रास म्याराथनमा एक सय चार किलोभन्दा बढी फोहोर सङ्कलन

जेष्ठ २३, २०८३
मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित

मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित

जेष्ठ २३, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

लागूऔषध कारोबारविरुद्ध प्रहरी सक्रिय, दुई जिल्लाबाट सात जना पक्राउ

जेष्ठ २३, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1503 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    613 shares
    Share 245 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    517 shares
    Share 207 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.