धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका ३ कमुवा खोला स्थितबाट चोरीको चारवटा मोटरसाइकलसहित चोरीमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी ३ का २३ वर्षीय सबिन याख्खा, ३४ वर्षीय सन्तकुमार श्रेष्ठ, २४ वर्षीय अमृत याख्खा र धनकुटा नगरपालिका ४ का १८ वर्षीय आयुस विश्वकर्मा रहेका छन् ।
इलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी मुलघाट धनकुटाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मोटरसाइकल चोरीमा संलग्न रहेका उनीहरूलाई विभिन्न मितिमा चोरी भएको को २६ प ८३७३, बा ६७ प २४१७ नम्बरको पल्सर मोटरसाइकल र को २८ प ७४७१, को १७ प ९७१८ नम्बरको स्कुटरसहित पक्राउ गरेको हो ।
चोरीको मोटरसाइकल र स्कुटरसहित पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post