Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

तेह्रथुममा ठेक्कामार्फत् विद्युत विस्तार, उपभोक्ताबाट अवैध असुली

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८१
in विविध, समाचार
0
85
SHARES
Share on FacebookShare on Twitter

तेह्रथुम : राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तारमा अनियमितता भएको आरोपसहित आठराई गाउँपालिकाका स्थानीयवासी विरोधमा उत्रिएका छन् । पालिकाका विभिन्न स्थानमा २०७५ सालयता ठेक्कामार्फत राष्ट्रिय प्रसारण लाइन विस्तार भएको थियो ।

तर उपभोक्ताले प्राधिकरणका कर्मचारीले नै विद्युत् विस्तारका क्रममा आफूहरूबाट श्रमदानसहित नगद पाँच हजारदेखि सात हजार रुपैयाँसम्म रकम असुलेको गुनासो गरेका छन् ।

ठेक्कामार्फत भएको विद्युत् विस्तारमा श्रमदान र शुल्कबारे ठेक्का सम्झौतामा उल्लेख छैन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तेह्रथुमका प्रमुख प्रतिश ढकालका अनुसार विद्युत् विस्तार ठेक्कामार्फत गरिएको हो । तर विद्युत् विस्तार हुनु अगावै पालिकाभरि उपभोक्ता समिति गठन गरिएको आठराई–३ ह्वाकुका स्थानीय प्रेमकुमार तामाङले बताए।

उनले भने, ‘हामीलाई विद्युत् विस्तार गर्न भनेर प्रतिपरिवार सात हजार उठाउन लगाए । गाउँमा बिजुली आउने भो भनेर केही नसोची प्रत्येक घरले पैसा उठाएर उपभोक्ता समितिका अध्यक्षलाई बुझायौँ । पोल बोक्ने, गाड्ने काममा १५-२० दिन श्रमदान गर्यौँ‍ ।’ आठराई–४ इवाका मनकुमार इङनामले आफूलाई विद्युत् विस्तारका लागि पैसा तिर्नुपर्छ भनेपछि पैसा बराबरको श्रमदान गरेको बताए। आफू बसेको गाउँ इवाका २८ घरले २१ दिन श्रमदान गरेको उनको भनाइ छ ।

उनका अनुसार मिटर बक्स जडानका लागि अलग्गै चार हजार सात सय रुपैयाँ उपभोक्ता समितिका अध्यक्ष नरेन्द्रकुमार बानियाँलाई बुझाएका थिए । गाउँलेले पछि मात्रै मिटर बक्स विद्युत् प्राधिकरणले दुई हजार दुई सयमा दिनेबारे थाहा पाएका थिए । इवा क्षेत्रका उपभोक्ता समिति अध्यक्ष बानियाँले विद्युत् प्राधिकरणका कर्मचारी सन्तोष बानियाँलाई उक्त रकम बुझाएको बताए ।

इवाकै रेनुका बास्तोलाले सन्तोष बानियाँले श्रमदान गर्नुपर्ने र पैसा तिर्नुपर्ने बताएको सुनाए । ‘श्रमदान गरियो, पैसा पनि उठाइयो, गाउँमा बिजुली ल्याइयो । अहिले बिजुली छिनछिनमा जान्छ । हामी ठगियौँ,’ उनले भने । आर्थिक वर्ष २०७५/७६ मा ईश्वरी निर्माण सेवा प्रालिले आठराई क्षेत्रमा विद्युत् विस्तारको ठेक्का पाएको थियो ।

विद्युत् प्राधिकरण तेह्रथुमका प्रमुख प्रतिश ढकालका अनुसार आठराई क्षेत्रका विभिन्न क्षेत्रमा लाइन नम्बर तोकिएर छुट्टाछुट्टै ठेक्का सम्झौतामा प्रालिले काम गरेको थियो । लाइन नम्बर २ मा एक करोड ५३ लाख १३ हजार, लाइन नं ३ मा एक करोड ३१ लाख २७ हजार, लाइन नं ५ का लागि एक करोड तीन लाख ६४ हजार, लाइन नं ८ मा २१ लाख ९३ हजार गरी जम्मा चार करोड पाँच लाख ८७ हजार रकममा ठेक्का लगाएको थियो ।

विद्युत् विस्तारका लागि उपभोक्ताबाट शुल्क वा श्रमदान गर्नुपर्नेबारे सम्झौतामा थिएन । सोही आवमा शशीधर निर्माण सेवा प्रालिले लाइन नं २ मा एक करोड २२ लाख ६३ हजार रकम नेपाल विद्युत् प्राधिकरणसँग ठेक्का सम्झौता गरी काम गरेको थियो ।

आव २०७७/७८ मा ईश्वरी निर्माण सेवा प्रालिले २३ लाख ८३ हजारमा ठेक्का सम्झौता गरी काम गरेको थियो । ठेक्कामार्फत विद्युत् विस्तार भएको उक्त क्षेत्रमा कहीँ पनि श्रमदान गराउने र उपभोक्ताबाट पैसा असुल्ने भनिएको थिएन ।

राज्यबाट निःशुल्क रुपमा राष्ट्रिय प्रसारण लाइन विद्युत् विस्तार भएको कुरा २०७७ सालमा मात्रै गाउँलेले थाहा पाएको आठराई –२ खाम्लालुङका अमर विसुङ्खेले बताए। गाउँबाट विद्युत् विस्तारका लागि प्रतिपरिवार सात हजार रकम बुझाइएको र १८ दिन श्रम गरेको विसुङ्खेको भनाइ छ ।

आफू ठगिएको थाहा पाएपछि उठाइएको रकम र श्रमको ज्याला पाउनुपर्ने मागसहित आठराई सङ्घर्ष समिति गठन भएको छ । उक्त समितिले विरोधमा उत्रँदै गाउँपालिकालगायतका निकायमा उजुरी गर्न पुगेका छन् । आठराई गाउँपालिका–३ को सल्ले क्षेत्रमा मिटर बक्स बापत् उठाइएको अतिरिक्त रकम फिर्ता गरिएको आठराई सङ्घर्ष समितिका उपाध्यक्ष तेजकुमार इङनामले बताए ।

आठराई क्षेत्रमा विद्युत् विस्तार सकिने बेलामा वडा नं–७ थोक्लुङमा ठेकेदार र फ्युुज सेवाको कर्मचारीबीचमा भएको सम्झौतापत्रमा सानो पोलको रु सात सय र ठूलो पोल गाड्दा एक हजार चार सयका दरले उपभोक्ता समितिलाई रकम उपलब्ध गराउने सम्झौता–पत्र सार्वजनिक भएपछि आफूहरु ठगिएको थाहा पाएको उपाध्यक्ष इङनामले बताए ।

विद्युत् विस्तारमा गरिएको श्रमदान र उठाइएका रकमबारे ठेकेदार कम्पनीले अनभिज्ञता देखाएको छ । पेटी ठेकेदारमार्फत विद्युत् विस्तार गराएको र सबै हिसाब पेटी ठेकेदारलाई बुझाइएको ईश्वरी निर्माण सेवा प्रालिका सञ्चालक देवेन्द्र अधिकारीले बताए ।

इवा क्षेत्रमा पेटी ठेकेदारका रुपमा काम गरेका योगेश इङनामले दुई हजार दुई सय पर्ने मिटरबक्स तीन हजार सात सय लिएकोमा मिटरबक्स जडानका लागि आवश्यक अन्य सामग्री खरिदमा लागेको बताए । विवाद भएपछि प्रतिघर दुई सय फिर्ता गरिएको उनले बताए ।

आठराई गाउँपालिकावासी विद्युत् विस्तारमा ठगिएपनि वास्तविक ठग पत्ता लगाउनुपर्ने अवस्था भएको सङ्घर्ष समितिका सदस्य सुमन हाङस्रोङ बताउँछन् । उनले भने, ‘ठेकेदारलाई सोध्यो पेटी ठेकेदार भन्छ । पेटी ठेकेदारलाई सोध्यो प्राधिकरणको कर्मचारी भन्छ । प्राधिकरणका प्रमुखलाई सोध्यो ठेक्कामार्फत सबै काम भएको भन्छ । वास्तविक ठग को हो ? उठाइएको रकम कसले लग्यो ?’

अख्तियारले छानबिन गरी विद्युत् विस्तारका नाममा भएको अनियमितताबारे पत्ता लगाइ उपभोक्ताबाट लिइएको रकम फिर्ता गरिनुपर्ने र श्रमबापत्को रकम पाउनुपर्ने आठराई सङ्घर्ष समितिको माग छ ।

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको र उजुरीका विषयमा अनुसन्धान भइरहेकाले अहिले केही जानकारी दिन नमिल्ने आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

Tags: #तेह्रथुम#राससविद्युत
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’
FEATURE BREAKING

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

इटहरी : काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको...

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1028 shares
    Share 411 Tweet 257
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.