संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका ३ स्थित खाँदबारी-किमाथांका सडकखण्डमा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्याक्टर चालक खाँदबारी नगरपालिका ८ का १९ वर्षीय किरण श्रेष्ठ र सहचालक १७ वर्षीय उदित श्रेष्ठ रहेका छन् ।
प्रदेश नम्बर १-०२-००३ त १४३७ को ट्याक्टर अनियन्त्रित भएर सडकबाट तीन सय मिटर तल झरी दुर्घटना हुँदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post