मोरङ : मोरङको केराबारी गाउँपालिका ८ खदम खोलाबाट १५ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
असोज १० गते बेलुका ६ बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले खदम खोलाबाट अवैध रूपमा नदिजन्य पदार्थ ढुंगा उत्खनन गर्दै गरेको अवस्थामा नियन्त्रण लिएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार को २ त ८३४६, को २ त ९९२७, को २ त ७५५४, को १ त ५३८०, को २ त २०३२, को २ त ७९१२, को २ त ७८९७, को २ त ६९४०, को २ त ८३१९, को १ त ४५८३, को १ त ८७२२, प्र.१-०२-००३ त २७१२, प्र. १-०२-००३ त १८८१, प्र. १-०२-००३ त २८३९ र प्र. १-०२-००३ त ०७८७ नम्बरको ट्रयाक्टरहरूलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका उक्त ट्रयाक्टरका चालकहरूलाई आवश्यक कारबाहीको लागि केराबारी गाउँपालिकाको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post