इटहरी
इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले इटहरीको एक पान पसल बन्द गरिदिएका छन् ।
आइतबार उनले पान पसल बन्द गरेका हुन् । शुक्रबारको मिति सहितको एक पत्र टाँस गरेर उनले नगरपालिका नजिकै रहेको पान पसले सुवास शाहको पसल बन्द गरेका हुन् । मेयर चौधरीले पान पसलबाट धेरै फोहोर भएको भन्दै पसल बन्द गरेका हुन् । पान पसलमा लागूऔषध पनि बेच्ने गरेको भन्दै मेयर चौधरीले पान पसल बन्द गरेका हुन् ।
पान पसल गर्दै आएका शाहले भने आँफूले २७ बर्ष अगाडिदेखि पान पसल गर्दै आएको र फोहोरको मासिक एक सय रुपैँया तिर्दै आएको बताए । उनले भने, २७ बर्ष अगाडि महिनाको एक सय २५ रुपैँया भाडा तिरेर सञ्चालन गर्दै आएको पान पसल आज आएर मेयरले बन्द गर्ने ? उनले आँफूले परिश्रम गरेर खान पनि नपाउँने भएको भन्दै चिन्ता व्यक्त गरे ।
पसल बन्द गरेपछि स्थानीय ब्यापारीहरु आक्रोशित भएका थिए ।
इटहरी रेडिमेट व्यवसायी संघका सचिव हरि खतिवडाले व्यक्तिको सम्पत्तिमाथि मेयर चौधरीले यसअघि मौखिक र लिखित कुनै जानकारी नगराई बन्द गर्नु अस्वभाविक रहेको तर्क गरे । उनले भने, एउटा व्यक्तिले भाडा तिरेर व्यापार गरेर खान नपाउँने ? उनले नगरपालिकाको गेट अगाडि नै फोहोरको थुप्रो रहेको र नगरपालिकाबाट उत्पादन हुने फोहोरको दीर्घकालीन समाधान गर्न नसकिरहेको अवस्थामा मेयर चौधरीले व्यक्तिको पेशामा मनपरी गरेको आरोप लगाए । व्यक्तिको पसल बन्द गर्नु अगाडि कति पटक जानकारी गराईयो, उनले आक्रोश पोख्दै भने, जनता मेयरबाट सुरक्षित रहँदैन भने मेयर पनि जनताबाट सुरक्षित नरहने स्थिति आउँन सक्छ । उनले मेयर चौधरीले व्यापारीमाथि आतंकित गतिविधि गरेकाले आँफूहरु आन्दोलन नै गर्ने चेतावनी समेत दिए ।
यसअघि मेयर चौधरीले इटहरी उपमहानगरपालिका कार्यालयमा रहेको खानेपानीको बिल काउन्टर समेत बन्द गराएका थिए । मेयरका गतिबिधी अपाच्य भएको भन्दै व्यावसायिक संघ संगठनले आन्दोलनको तयारी थालेका छन् ।
सुनसरीका पत्रकार हिमाल राईको निधन, शव पोस्टमार्टमका लागि बीपी प्रतिष्ठान लगियो, छोरा युकेबाट आएपछि अन्त्यष्टि गरिने
इटहरी : सुनसरीका अग्रज पत्रकार हिमाल राईको निधन भएको छ । बराहक्षेत्र २ निवासी राईको आज (आइतबार) निधन भएको हो...
Discussion about this post