इलाम : इलाममा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।
इलामको चुलाचुलीमा सोमबार राति जंगली हात्तीको आक्रमणबाट चुलाचुली-१ का ७३ वर्षीय राजकुमार राईको मृत्यु भएको हो ।
घरनजिकै रहेको धान खेतमा आएको हात्ती लखेट्न जाँदा राईलाई हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।
उनलाई उपचारको लागि तत्काल लाइफ लाइन अस्पताल दमक भर्ना गरिएको थियो । तर उपचारकै क्रममा राति पौने ११ बजे राईको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post