Wednesday, July 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

खोटाङ : मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १३, २०८१
in विविध, समाचार
0
खोटाङ : मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान
64
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडाबाट पैदल ४५ मिनेट उक्कालो चढ्दा धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी पुगिन्छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै पर्ने किरात ऐतिहासिकस्थल मझुवागढी आवतजावत गर्ने पदमार्गमा नौ सय १८ खुड्किला छन् ।

माझकिरात भनेर चिनिने खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेपछि उनीहरूको आवतजावतमा सहज पार्नका लागि सात वर्षअघि फलामे रेलिङसहितको पदमार्ग निर्माणको काम शुरु गरिएको थियो ।

तत्कालीन जिल्ला विकास समिति खोटाङमार्फत सञ्चालित एसबीएलएल परियोजनाको रु ४० लाख ५० हजार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रु २० लाख लगानीमा फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो ।

मझुवागढी पदमार्गमा निर्माण गरिएको फलामे रेलिङसहितको खुड्किला मर्निङवाक गर्नेहरूका लागि सबैभन्दा उपयुक्त ठाउँ बनेको दिक्तेलका स्थानीयवासी एवं नेपाल रेडक्रस सोसाइटी खोटाङका मन्त्री छत्रकुमार बजिमयले बताए ।

“मझुवागढी पदमार्गमा मर्निङवाक गर्ने दैनिक १८/२० जना हुन्छन् । म बिहान साढे चार बजे उठेर उकालो चढ्छु । मेरो यो दैनिकीजस्तै हो”, उनले भने, “मझुवागढी पुगेर करिब आधा घण्टा शारीरिक व्यायाम गर्छु । शारीरिक व्यायाम गरिसकेपछि मझुवागढी नजिकै रहेको कालिका भगवती मन्दिरको दर्शनसमेत गरेर फर्कन्छु । मर्निङवाकले मेरो तौलसमेत १६ किलो घटेको छ ।”

करिब छ सय ५० मिटर लामो दूरीको मझुवागढी पदमार्गको दायाँ र बायाँ रहेको खाली जग्गामा विभिन्न प्रजातिका फूल रोपिएका छन् । प्राकृतिक रूपमै पर्यटकीयस्थल मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने उद्देश्यसहित नगरपालिकाको नेतृत्वमा पदमार्ग दायाँ र बायाँ विभिन्न प्रजातिका फूलहरु रोपिएको हो ।

तीन वर्षअघि सुरु गरिएको ‘फूलैफूलको पहाड’ बनाउने अभियानअन्तर्गत रोपिएका बहुवर्षे फूल अहिले ढकमक्क फुलेका छन् । मर्निङवाक गर्नेका लागि फूलको सुगन्धले थप उत्साहित बनाउने गरेको बजिमयले बताए ।

मझुवागढी पदमार्ग आसपासका क्षेत्रमा लालीगुराँस, सुनाखरी, चाँप, जाकाराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, धुपी सल्ला, जाइफूल, कपुर, पुवाले, मसला, असारे फूल, गुलाबलगायतका २० बजारभन्दा बढी बहुवर्षे फूलका बिरुवा रोपिएका छन् ।

मझुवागढीस्थित कालिका भगवती मन्दिर तथा बुद्धेश्वर महादेव गुफा आसपासका खाली जग्गामा पुग्ने पदमार्ग आसपासका ठाउँमा फूल रोपेर पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बनाउन तीन वर्षअघि पहल थालिएको हो ।

मझुवागढी आसपासको हाटडाँडा, डाँडाखर्क र मेघेचौतारा क्षेत्रलाई समेत समेटेर सोभन्दा माथिल्लो भागलाई ‘फूलैफूलको पहाड’ बनाउने योजनाअन्तर्गत नगरपालिकाले बर्सेनि बजेटसमेत विनियोजन गर्दै आएको छ ।

मझुवागढी तथा कालिका भगवती मन्दिर सौन्दर्यकरणका लागि गत वर्ष प्रदेश सरकारबाट रु एक करोड ५३ लाख बजेटसमेत प्राप्त भएको थियो ।

मझुवागढीलाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थलका रूपमा विकास गर्न ‘फूलैफूलको पहाड’ बनाउने अभियान थालिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

“सुन्दर ठाउँ, वनजङ्गल, प्राकृतिक विविधता र धार्मिक ठाउँमा पर्यटक लोभिएको देखिन्छ । यहाँ तीनवटै चिज एकै ठाउँमा छ । यहाँ मझुवागढी, कालिका भगवती मन्दिर, बुद्धेश्वर महादेव गुफा र त्यसको बीचमा सामुदायिक वन छ”, उनले भने, “फूलको बगैँचा निर्माण गर्न सकियो भने मझुवागढीको पर्यापर्यटन विकासमा थप सघाउ पुग्नेछ । त्यसको नेतृत्व नगरपालिकाले गरेको छ । भविष्यमा यसले नगरपालिकाको आन्तरिक स्रोत वृद्धिमा समेत सघाउ पुग्ने अपेक्षा गरेका छौँ ।”

चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, वनभोज खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्नेलगायत व्यक्ति तथा समूह पुग्ने गरेका छन् ।

मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने नगरपालिकाको अभियान साकार बन्दै गएपछि धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यासमेत वृद्धि हुँदै गएको स्थानीयले बताएका छन् ।

मझुवागढीमा विसं १८०४ सम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ । हरेक वर्षको उँभौली र उँधौलीमा साकेला नाचिने मझुवागढीको उत्तरी दिशामा बारुद ढुङ्गा र हतियार निर्माण गर्ने भट्टी रहेको छ ।

गढीको पूर्वमा फूलपातीडाँडा, राँगा आहल र दमाहा ढुङ्गा रहेको छ । त्यस्तै गढीको बीच भागमा मौली छ । उसबेला रणवीर राजाका रैतीहरूले दसैँ मान्नका लागि ल्याएका राँगा बोका राख्ने ठाउँलाई मौली भन्ने गरिन्थ्यो । मौलीभन्दा अलिक अगाडि पूजाआजा गर्ने ठाउँ छ । त्यसको केहीमाथि राजाको दरबार र कोट गार्ड (सुरक्षाकर्मी) बस्ने ठाउँ छ ।

गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ रहेको छभने गढीवरिपरि बम्कर घेरा रहेको छ । मझुवागढीको केही तल कालिका भगवती मन्दिर छ । भगवती मन्दिरमा अहिले पनि दैनिकजसो बाख्राको पाठी बलि दिने गरिन्छ ।

हिन्दू र किरात धर्मावलम्बीको सङ्गमस्थल मझुवागढीमा साकेला नाचका साथै रामनवमी, बालाचतुर्दशी, शिवरात्रि, हरितालिका तिजलगायतमा मेला लाग्ने गर्दछ । मझुवागढीको पर्यटन विकासका लागि नगरपालिकाले सङ्घ तथा प्रदेश सरकारको सहयोगमा भौतिक पूर्वाधार निर्माणको काम गरिरहेको छ ।

सर्वोच्च शिखर सगरमाथाका साथै उच्च हिमशृङ्खला तथा तराईका समथर भूभागको राम्रोसँग दृष्यावलोकन गर्न सकिने मझुवागढीमा विशेषगरी शुक्रबार र शनिबार आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकको उत्तिकै चहलपहल रहने मझुवागढीमा सरकारी कार्यालय तथा शैक्षिक संस्था छुट्टी भएको समयमा अझ बढी पर्यटकको आवतजावत रहने स्थानीयले बताएका छन् ।

मझुवागढीको पश्चिम दिशामा महुरेगढी, हाल दिक्तेल रुपाकोट मझुवागढी –१३ नुनथलामा पर्छ । त्यस्तै पूर्वमा चुइचुम्मागढी दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा पर्छ भने दक्षिणमा खाम्तेल गढी हाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा पर्दछ ।

चारैतिर गढी नै गढीले घेरिएको मझुवागढी बीचमा पर्ने भएकाले उक्त ठाउँको नाम मझुवागढी भनिएको बताइएको छ । समुद्री सतहबाट करिब दुई हजार मिटर अग्लो डाँडामा रहेको मझुवागढीबाट चारैतिरका गढी प्रष्ट देखिन्छ ।

Tags: #खोटाङ#राससअभियान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोटाङमा सुतेकै अवस्थामा कैदीको मृत्यु
विविध

खोटाङमा सुतेकै अवस्थामा कैदीको मृत्यु

by रासस
असार ३१, २०८३
0

खोटाङ : जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिरहेका एक कैदीको सुतेकै अवस्थामा मृत्यु भएको छ । सवारी ज्यान मुद्दामा दिक्तेलस्थित...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

कोशीमा लागूऔषधविरुद्धको अभियान : सुनसरी र झापाबाट चार जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार ३०, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरीले सञ्चालन गरिरहेको लागूऔषधविरुद्धको अभियानअन्तर्गत सुनसरी र झापाबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट...

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

असार ३०, २०८३
पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाचिँदा एकको मृत्यु, चार गम्भीर घाइते

माझीटार बस्ती जोगाउन हेंवा खोलामा तटबन्ध निर्माण

असार ३०, २०८३

१४ घातक रोगविरुद्ध खोप सुनिश्चित गर्दै कोशी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

असार ३०, २०८३
इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

असार ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङमा सुतेकै अवस्थामा कैदीको मृत्यु

खोटाङमा सुतेकै अवस्थामा कैदीको मृत्यु

असार ३१, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

कोशीमा लागूऔषधविरुद्धको अभियान : सुनसरी र झापाबाट चार जना पक्राउ

असार ३०, २०८३
कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

असार ३०, २०८३
पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाचिँदा एकको मृत्यु, चार गम्भीर घाइते

माझीटार बस्ती जोगाउन हेंवा खोलामा तटबन्ध निर्माण

असार ३०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    460 shares
    Share 184 Tweet 115
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.