Saturday, June 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

सार्वजनिक अभिव्यक्ति स्वतन्त्रताको सवाल प्रश्नको घेरामा

पत्रकार सुरक्षाको सवालमा महासङ्घ नेतृत्वको घातक मौनता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २७, २०८१
in टाकुरा विशेष, विचार, समाचार
0
सार्वजनिक अभिव्यक्ति स्वतन्त्रताको सवाल प्रश्नको घेरामा
154
SHARES
Share on FacebookShare on Twitter

नेपालको संविधानको प्रस्तावनामा पूर्ण प्रेस–स्वतन्त्रता पदावली उल्लेख गरिए पनि व्यवहारमा अभिव्यक्ति स्वतन्त्रताका संवाहक पत्रकारहरू सुरक्षित छैनन् । ‘रक्षक नै भक्षक’ भनेजस्तो राज्यको सुरक्षा निकायबाटै जानाजान र हाकाहाकी पत्रकारहरूमाथि भौतिक आक्रमणका घटनाहरू हुने गरेका छन् ।

पत्रकारहरूलाई सुरक्षाको प्रत्याभूति दिने काम सरकार तथा सुरक्षा निकायको हो । लोकतान्त्रिक शासन व्यवस्थामा हतियार प्रयोग गरी तानाशाहीतन्त्र चलाउने छुट कसैलाई छैन । पत्रकारविरुद्ध सुरक्षा निकायबाट एकपछि अर्को भौतिक आक्रमणको घटना हुनुले पत्रकारजगत मर्माहत भएको छ । देशैभरी पत्रकारहरू भौतिक आक्रमणको त्रासदीपूर्ण अवस्था ब्यहोर्न बाध्य बनाइएका छन् ।

सार्वजनिक ठाउँमा डराएर समाचार सङ्कलन कार्य गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ । संविधानप्रदत्त सार्वजनिक अभिव्यक्ति स्वतन्त्रताको सवाल प्रश्नको घेरामा परेको छ ।

उल्लिखित चिन्ताजनक पृष्ठभूमिको पछिल्लो उदाहरण हालै पोखरामा देखापरेको छ । पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउविरुद्ध भएको प्रदर्शनको समाचार सङ्कलन गरिरहेको अवस्थामा सुरक्षाकर्मीहरूले पब्लिक टेलिभिजनका क्यामेरापर्सन र कान्तिपुर टेलिभिजनका संवाददातालाई मर्माहत हुनेगरी कुटपिट गरेका छन् ।

गत मङ्गलबार भएको सो घटनामा पब्लिक टेलिभिजनको गण्डकी छड्के कार्यक्रमका राजकुमार माझी, खेलकुद पत्रकार विनोद लामिछाने र कान्तिपुर टेलिभिजनका इन्द्रप्रसाद पौडेललाई प्रहरी समूहले घेरा हाली लठ्ठी र लात्ताले कुटपिट गरेको हो । सो अनपेक्षित घटनामा परी माझी र पौडेलको शरीरमा चोट लाग्नुका साथै क्यामेरामासमेत क्षति पुगेको छ ।

पूर्ण प्रेस–स्वतन्त्रता संविधानमा लेखेर मात्र हुँदैन, व्यवहारमा लागू हुनुपर्छ । तानाशाह, निरंकुशता हेरेर, सहेर बस्नु कायरहरूको काम हो, साहसिक पेसा पत्रकारिता गर्नेहरूका हकमा त्यो सुहाउँदैन । पत्रकारउपर कुटपिट गर्ने, मार्ने धम्की दिने, अभद्र व्यवहार गर्ने, प्रहरीले घेरा हालेर लाठी–बुट प्रहार गर्ने कार्यलाई माफी दिन मिल्दैन । पत्रकारउपर कुटपिट गर्ने सुरक्षाकर्मी, नेता, कर्मचारी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनु पर्छ ।

पत्रकार भन्ने चिन्दाचिन्दै प्रहरी समूहद्वारा भएको यस ज्यादतीलाई आम पत्रकार जगत र जनवृत्तले सामान्य रूपमा लिन मिल्दैन । गण्डकी छड्के कार्यक्रमसम्बद्ध पत्रकारहरूलाई यसअघि पनि प्रहरीले दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको थियो । पत्रकार भन्ने पहिचान खुल्दाखुल्दै कार्यस्थलमा पत्रकारउपर निर्घात कुटपिट भएको यो घटना पूर्णतः नियोजित देखिएको छ । यस घटनाको हामी घोर भत्सर्ना गर्छौँ । साथै दोषी पहिचान गरी विभागीय कारबाही गरिएको विवरण तत्काल सार्वजनिक गर्न गृह मन्त्रालय तथा प्रहरी प्रतिष्ठानसँग जोडदार माग गर्छौँ ।

यता, पत्रकारको भौतिक सुरक्षासँग सम्बन्धित यस्तो गम्भीर विषयमा पत्रकार महासङ्घ केन्द्रीय नेतृत्वको ठोस प्रतिक्रिया सार्वजनिक भएको पाइएको छैन । उनीहरूको मौनताले आम पत्रकारवृत्तमा सुरक्षाप्रति चिन्ता थपेको छ । पत्रकारको पेसागत सुरक्षाका लागि गठित निकायको मौनताले पत्रकारितामा सेल्फ–सेन्सरसिप (स्वनियन्त्रण)को मात्रा पनि बढाएको छ ।

नियतवश पत्रकारउपर सामूहिक आक्रमण गर्ने प्रहरीहरूलाई घटना भएको एक साता बितिसक्दा पनि कारबाही भएको सूचना बाहिरिएको छैन । नेपाल पत्रकार महासङ्घ कास्की र सम्बद्ध सञ्चारसंस्थाले सुरक्षा निकायविरुद्ध विज्ञप्तिबाजी र प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण–पत्र बुझाउनेबाहेक अरू केही गरेको पाइएको छैन । जबकि, पत्रकार महासङ्घको केन्द्रीय नेतृत्वले दोषीलाई कारबाहीका लागि सडकमा उत्रेर दबाब दिने आमपत्रकारहरूको अपेक्षा थियो ।

पूर्ण प्रेस–स्वतन्त्रता संविधानमा लेखेर मात्र हुँदैन, व्यवहारमा लागू हुनुपर्छ । तानाशाह, निरंकुशता हेरेर, सहेर बस्नु कायरहरूको काम हो, साहसिक पेसा पत्रकारिता गर्नेहरूका हकमा त्यो सुहाउँदैन । पत्रकारउपर कुटपिट गर्ने, मार्ने धम्की दिने, अभद्र व्यवहार गर्ने, प्रहरीले घेरा हालेर लाठी–बुट प्रहार गर्ने कार्यलाई माफी दिन मिल्दैन । पत्रकारउपर कुटपिट गर्ने सुरक्षाकर्मी, नेता, कर्मचारी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनु पर्छ ।

नयाँ संविधान बन्नुअघि पत्रकारहरू एक थिए । पत्रकार नेतृत्वले श्रमजीवी पत्रकारको समस्या बुझ्ने गरेका थिए । पत्रकारको सुरक्षा हुनुपर्छ भनेर सबैले एकै स्वरमा बोल्ने गरेका थिए । २०७२ सालको संविधानमा पूर्ण प्रेस–स्वतन्त्रता लेखिएपछि भने त्यसैलाई महान् उपलब्धि करार गर्दै पत्रकारहरू पत्रकारिता कम राजनीति र सत्ताको दलाली बढी गर्न लागेको देखिन्छ ।

नेपालमा सुरक्षानिकायबाट पत्रकारहरू असुरक्षित भएको फेहरिस्त लामो छ । पत्रकार महासङ्घका तत्कालीन अध्यक्ष विष्णु निष्ठुरीलाई सुरक्षाकर्मीले ज्यान लिने सम्भावना देखिएपछि भूमिगत हुनुपरेको थियो । पत्रकार कृष्ण सेन इच्छुकलाई सुरक्षाकर्मीले कठोर यातना दिएर मारेका थिए । यी र यस्ता गम्भीर घटनाहरू अहिलेको सत्ताराजनीतिमुखी पत्रकार महासङ्घका पदाधिकारीले बिर्सनु स्वाभाविक होला तर सच्चा कलमजीवीहरूले बिर्सेका छैनन्, बिर्सिने छैनन् ।

पत्रकारउपर गरिएको कुटपिट र प्रहरी ज्यादतीविरूद्ध सुनसरीका पत्रकारहरू पटक–पटक चरणबद्ध रूपमा आन्दोलित भएको इतिहास छ । पत्रकारहरू दोषीलाई कारबाहीको मागसहित सडकमा उत्रिँदा पत्रकारउपर धावा बोल्ने सुरक्षाकर्मीलाई केही न केही नसिहत दिएको उदाहरण पनि छ । वर्तमान अवस्थामा भने पत्रकार नेतृत्वले पत्रकार सुरक्षाको सवाललाई प्राथमिकता नदिएको अनुभूति भएको छ ।

दलका नेतानिकट, राजनीतिक पार्टीको कारिन्दा, विज्ञापनमा दलाली गर्ने, समाचार लुकाएर रकम असुली गर्ने, पार्टी झोला भिरेर महासङ्घको विभिन्न पदमा पुग्ने, पत्रकार परिचयपत्र देखाएर राज्यबाट विभिन्न सुविधा तथा लाभको पद प्राप्त गर्नेको बिगबिगी भएको पाइन्छ ।

नयाँ संविधान बन्नुअघि पत्रकारहरू एक थिए । पत्रकार नेतृत्वले श्रमजीवी पत्रकारको समस्या बुझ्ने गरेका थिए । पत्रकारको सुरक्षा हुनुपर्छ भनेर सबैले एकै स्वरमा बोल्ने गरेका थिए । २०७२ सालको संविधानमा पूर्ण प्रेस–स्वतन्त्रता लेखिएपछि भने त्यसैलाई महान् उपलब्धि करार गर्दै पत्रकारहरू पत्रकारिता कम राजनीति र सत्ताको दलाली बढी गर्न लागेको देखिन्छ ।

दलका नेतानिकट, राजनीतिक पार्टीको कारिन्दा, विज्ञापनमा दलाली गर्ने, समाचार लुकाएर रकम असुली गर्ने, पार्टी झोला भिरेर महासङ्घको विभिन्न पदमा पुग्ने, पत्रकार परिचयपत्र देखाएर राज्यबाट विभिन्न सुविधा तथा लाभको पद प्राप्त गर्नेको बिगबिगी भएको पाइन्छ ।

त्यस्ताहरूको बीचमा देश र जनताको हितमा समाचार लेख्ने, भ्रष्टाचार र अनियमितताविरूद्ध समाचार लेख्ने पत्रकारको आवाज कमजोर हुनुका साथै आम पत्रकारहरूको भौतिक सुरक्षामा चिन्ता थपिएको छ ।

देशमा अपवादबाहेक पत्रकारिता कर्म सकिए बराबर छ । पत्रकारिताको नाममा पर्चाकारिता फस्टाएको पाइन्छ । कलमको माध्यमबाट आवाजविहीनहरूको आवाज बन्नुपर्ने पत्रकारवृत्तमा विद्यमान विभाजन पनि आम पत्रकारहरू हेपिने र पटक–पटक भौतिक आक्रमणमा पर्नुपर्ने एक कारक बनेको पाइन्छ । पत्रकार हुँदैमा गलत काम गर्ने छुट कसैलाई छैन, कानुनअनुसार दण्डित हुनुपर्छ ।

यो गम्भीर विषयतर्फ समय छँदै सबैको ध्यानाकर्षण हुनु जरूरी छ । अन्यथा नेपाली लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र पूर्णप्रेस–स्वतन्त्रता आदि भनिएका उपलब्धि र अपेक्षाले गम्भीर क्षति व्यहोर्नुपर्ने निश्चित छ ।

(इटहरी निवासी पाण्डे अग्रज पत्रकार हुन् ।)

Tags: #पत्रकार#विचारसालिग्राम पाण्डे
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु
FEATURE BREAKING

सुनसरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २३, २०८३
0

इटहरी : सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार राति भएको सवारी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु...

दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म
FEATURE BREAKING

दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २२, २०८३
0

झापा : झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या प्रकरणमा प्रहरीले नयाँ तथ्य सार्वजनिक गरेको छ। घटनाको...

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

जेष्ठ २२, २०८३
श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

जेष्ठ २२, २०८३
इटहरीका साहित्यकारको दसैं योजना – बोझबाट मुक्तिदेखि जिम्मेवारीको भारीसम्म

लोकतन्त्रमा आलोचना र प्रतिपक्षी विचार अपरिहार्य हुन्छ : मनु मञ्जिल 

जेष्ठ २२, २०८३
रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

जेष्ठ २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

सुनसरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

जेष्ठ २२, २०८३
वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

वातावरण जोगाउने अग्रदूतलाई विराटनगरको सम्मान, हरित सहर अभियानमा नयाँ ऊर्जा

जेष्ठ २२, २०८३
श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

श्रम र संस्कृतिको संगम : धरानको उद्यानले तान्दै पर्यटक

जेष्ठ २२, २०८३

लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1502 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    611 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.