झापा : झापामा जंगली हात्तीको आक्रमणबाट आइतबार बिहान एक जना पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक नगरपालिका–३ दीपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारी रहेका छन् ।
झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार भण्डारीलाई बिहानका राति २ बजेतिर हात्तीले आक्रमण गरेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post