इटहरी : इटहरीमा बसको ठक्करबाट एक किशोरीको मृत्यु भएको घटनामा प्रहरीले हवाई फायर गरी भीड नियन्त्रणमा लिएको छ ।
काकडभिट्टाबाट विराटनगर जाँदै गरेको बस इटहरी १० शान्ति चोकमा दुर्घटना भएको थियो ।
मे १ ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकलयात्री इटहरी उपमहानगरपालिका–१० की १३ वर्षीया सजना यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
इटहरीको जनता माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययरत उनी विद्यालयबाट घर आउँदै गरेकी थिइन् । किशोरीलाई तीव्र गतिको बसले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित भीडले बस जलाएका थिए । आगजनीबाट जलेर बस पूर्ण रूपले क्षति भएको छ । आक्रोशित भीडले प्रहरीमाथि ढुंगामुढासमेत गरेका थिए ।
बाक्लो संख्यामा परिचालित भएका प्रहरीले हवाई फायर गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसहित अश्रुग्यास पनि प्रहार गरिएको थियो । अहिले भीड नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
यो पनि – इटहरीमा बसको ठक्करबाट सजनाको घटनास्थलमै मृत्यु, आक्रोशित भीडले जलाए बस
भिडियो














Discussion about this post