Wednesday, October 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगरमा लैंगिक हिंसाविरूद्धको अभियानमा यस्ता छन् कार्यक्रम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ८, २०८१
in समाचार
0
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार
71
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।

महानगरले सोमबार बिहान ७ बजे विभिन्न संघसंस्थाको समेत सहभागितामा ¥याली आयोजना गर्ने भएको छ । महानगर परिसरबाट सुरु हुने ¥यालीले नगरका विभिन्न भागको परिक्रमापछि महेन्द्रचोकमा पुगेर समापन हुनेछ ।

महेन्द्रचोकमा कोणसभासमेत आयोजना गरिने महानगरको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख मञ्जु लोहनीले जानकारी दिइन् । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, कार्यपालिका सदस्यहरु, विभिन्न महाशाखा र शाखा प्रमुखहरू, कर्मचारी, प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको सहभागिता कार्यक्रम आयोजना हुनेछ ।

यसैबीच, १६ दिने अभियानअन्तर्गत मंसिर २५ गतेसम्म विभिन्न कार्यक्रम हुनेछ ।

मंसिर ९ देखि २५ गतेसम्म बी एफएममा लैंगिक हिंसाविरुद्धको जिंगल बजाइने, विराटनगर नर्सिङ कलेजको संयोजनमा वक्तृत्वकला प्रतियोगिता, लैंगिक हिंसा र बालबालिका हिंसासम्बन्धी विराटनगरका मावि तहका विद्यालयहरूमा ६ सय ५० विद्यार्थीलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।

यसैगरी पाँच विद्यालयका बालबालिकाहरुलाई वक्तृत्वकला गर्ने, विद्यालयमा लैंगिक हिंसासम्बन्धी अभिमुखीकरण गर्ने, लैंगिक हिंसाविरुद्ध समुदायमा अन्तरक्रिया बालविवाहविरुद्ध सचेतना गर्ने कार्यक्रम पनि तय भएको छ ।

त्यस्तै, विभिन्न संघसंस्थाको संयोजनमा सचेतना कार्यक्रम, घरदैलो, लैंगिक हिंसासम्बन्धी समुदायमा अभिमुखीकरण कार्यक्रम, अन्तरक्रिया, आमा समूहसँग अन्तरक्रिया, घरेलु हिंसासम्बन्धी ऐनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल, समुदायमा गठन भएका दलित महिला समूहमा जोडीसहितको उपस्थितिमा अन्तरक्रिया, विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरुको सहभागितामा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा दलित महिला विषयमा संवाद कार्यक्रम आयोजना गरिनेछ ।

यस्तै, जनपथ माविमा वक्तृत्वकला प्रतियोगिता, लैंगिक हिंसा प्रभावित महिलाहरुलाई मनोपरामर्श सेवालगायतका कार्यक्रम गरिनेछ ।

१६ दिने अभियानमा विराटनगर महानगरपालिका, माइती नेपाल, आफन्त नेपाल, साना हात, सामुदायिक प्रहरी, डब्लूएचआरडी, डब्लूओआरईसी, साझा सवालका लागि साझा मञ्च, पूर्वाञ्चल बाल सेवा आश्रम, फोकस नेपाल, ओसीएमसी, कोशी अस्पताल, एबीसी नेपाल, एकल महिला, दलित महिला संघलगायतका संघसंस्थाले हरेक दिन संयोजन गर्नेछन् ।

Tags: #विराटनगरलैंगिक हिंसाविराटनगर महानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा
FEATURE BREAKING

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक ४, २०८३
0

इटहरी : नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा नेपालीहरूले...

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३
मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    481 shares
    Share 192 Tweet 120
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    158 shares
    Share 63 Tweet 40

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.