इटहरी : इटहरी उपमहानगरपालिका २० पानीपिया जंगलस्थित कोशी लोकमार्गमा लागूऔषध गाँजा बोकेको स्कारपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार बेलुका साढे ७ बजे विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र इटहरीबाट परिचालन भएको प्रहरी टोलीले चेकजाँचको पानीपिया जंगल स्थित सडक किनारमा रोकेर रा
खेको को १ च ७६८९ नम्बरको स्कारपियो गाडी नियन्त्रणमा लिएको हो ।
उक्त गाडीभित्र तीन सय नौ किलोग्राम गाँजा (बोरा र प्लास्टिक)सहित बरामद गरेको हो । स्कारपियो र गाँजा प्रहरीले नियन्त्रणमा लिएर सवारी चालकको खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।
यसबारे इलाका प्रहरी कार्यालय इटहरीले थप अनुसन्धान गरिरहेको छ ।














Discussion about this post