Sunday, April 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

धरानबाट गाँजासहित बरामद गरिएको स्कारपिओमा नक्कली सरकारी नम्बर प्लेट प्रयोग गरेको पुष्टि

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २०, २०८१
in टाकुरा विशेष, समाचार
0
धरानबाट गाँजासहित बरामद गरिएको स्कारपिओमा नक्कली सरकारी नम्बर प्लेट प्रयोग गरेको पुष्टि
172
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानमा गाँजासहित पक्राउ परेका सरकारी नम्बर प्लेट प्रयोग गरिएका गाडीहरू नक्कली रहेको पुष्टि भएको छ । सेतो नम्बर प्लेटका गाडी नम्बर र इञ्जिन नम्बर यातायात कार्यालयमा दर्ता नभएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

सरकारी नम्बर प्लेट भएका दुईवटा स्कारपिओबाट ६९० केजी गाँजासहित प्रहरीले एकजनालाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा उक्त गाडीहरू यातायात व्यवस्था विभागमा दर्ता नभएको रसरकारी गाडी नभई नक्कली नम्बर प्लेट बनाएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद तिमल्सिनाका अनुसार नम्बर कीर्ते गरेको खुलेको हो ।

‘ती गाडी सरकारी नभई नक्कली नम्बर प्लेट बनाएर प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ तिमल्सिनाले भने, ‘यातायात कार्यालयबाट प्राप्त विवरणअनुसार हालसम्म कतै पनि दर्ता भएको पाइएन ।’

उनका अनुसार सरकारी नम्बर प्लेट भएका गाडीको च्याचिस नम्बर र इञ्जिन नम्बर अनुसन्धान गर्दा कहीँ पनि दर्ता भएको छैन । ‘इञ्जिन र च्याचिस नम्बर नमिलेको र हालसम्म दर्ता पनि नभएको पाइएको छ,’ डीएसपी तिमल्सिना भन्छन्, ‘कहाँ दर्ता भइरहेको भन्ने अनुसन्धान भइरहेको छ ।’

धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको सरकारी प्लेट भएको स्कारपिओबाट गाँजा बरामद गरिएको र घटनामा एकजनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मा रहेका छन् । विश्वकर्मा बा १ झ ४६०५ नम्बरको स्कारपिओ चालक हुन् ।

बा १ झ ५१२७ नम्बरको गाडी चालक तत्काल फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त गाडीलाई नियन्त्रणमा लिनका लागि इन्सास राईफलबाट ४ राउण्ड फायर गरेको थियो ।

प्रहरीको अनुसन्धानअनुसार बा १ झ ४६०५ नम्बरको कीर्ते अंकित भएको गाडीको च्यासिस नम्बर इइ१०००००९००० र इञ्जिन नम्बर २इ२८९४१५५ रहेको छ ।

तर, उक्त नम्बर भएका गाडीहरू कुनै कार्यालयका सरकारी गाडी नरहेको र यातायात नम्बरमा पनि नमिलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

यसैगरी बा १ झ ५१२७को कीर्ते नम्बर रहेको गाडीको च्याचिस नम्बर जे.डब्लु.बी.ए.ए बी १४२०३११००६ नम्बर र इञ्जिन नम्बर जीए १३६३०२४८ बी रहेको छ । उक्त गाडी पनि कहीँ दर्ता नभएको खुलेको छ ।

सो गाडीका चालक भने फरार रहेकाले प्रहरीले विशेष सुरक्षा समिति परिचालन गरी खोजी गरिरहेको छ ।

Tags: #धरानअपराधगाँजा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा
FEATURE BREAKING

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

by टाकुरा न्यूज । इटहरी
बैशाख ६, २०८३
0

इटहरी : १६औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि प्लानिङ ब्वाइज युनाइटेड र गछिया युवा समाज मोरङबीच...

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि
FEATURE BREAKING

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

विराटनगर : विराटनगरमा धर्म प्रचारमा संलग्न रहेको आरोपमा ६ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित...

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३
बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बैशाख ५, २०८३
विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

बैशाख ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

बैशाख ६, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३
उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1273 shares
    Share 509 Tweet 318
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    465 shares
    Share 186 Tweet 116
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.