विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शैक्षिक गुणस्तर वृद्धि र रोजगारी सिर्जनामा संस्थागत विद्यालयहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
प्याब्सन विराटनगरका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई बधाई दिँदै मेयर कोइरालाले सामुदायिक र निजी विद्यालयलाई सँगसँगै लान सकेमात्रै शिक्षाको गुणस्तर वृद्धि हुने बताए ।
उनले कमजोर र कम विद्यार्थी संख्या भएका सामुदायिक विद्यालयलाई मर्जर गर्ने नीति महानगरले लिएको उल्लेख गरे ।
मेयर कोइरालाले संस्थागत विद्यालयहरूले पनि कमजोर विद्यालयलाई सहयोग गर्नुपर्नेमा जोड दिए । उनले महानगरले विगतदेखि नै प्याब्सनसँग सहकार्य गरेर अगाडि बढिरहेको स्मरण गरे ।
मेयर कोइरालले नवनिर्वाचित अध्यक्ष अर्जुन श्रेष्ठ, उपाध्यक्ष अशोक लामा, सचिव चिरञ्जीवी तिम्सिना, कोषाध्यक्ष गोपाल रिजाललगायतलाई खादा लगाएर बधाई तथा शुभकामना दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले शिक्षासँग सम्बन्धित हरेक गतिविधिमा प्याब्सन महानगरसँगै रहेको बताए ।














Discussion about this post