इटहरी : इटहरीमा तीव्र गतिको ट्याक्टरको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
इटहरी १३ खनारमा रहेको काली मन्दिरस्थित कोशी राजमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र १-०२-०४८ प ३४९७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्र १-०१-००२ त ०२४९ नम्बरको ट्याक्टरले ठक्कर दिएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरासाइकल चालक मोरङको रंगेली नगरपालिका ६ बस्ने ४३ वर्षीय बलराम सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा उनी गम्भीर घाइते भएका थिए ।
उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगर पठाइएको भएपनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।
ट्याक्टर चालक दुहबी १० बस्ने २३ वर्षीय अभिराम माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टर तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post